विश्वकप छनोट: जोर्डन सँग नेपालकाे हार

  • प्रकाशित मितिः जेठ 25, 2078
  • 243 पटक पढिएको
  • औजार संवाददाता

विश्वकप छनोट खेल तथा एसिया कप छनोटमा नेपालले जोर्डनसँग ३-० गोल अन्तरकोे पराजय व्यहोरेको छ । समूहको चौथो स्थानमा रहेको नेपालले जोर्डनसँग उसकै मैदानमा खेलिएको अवे खेलमा पनि ३-० ले नै हारेको थियो ।

कोरोना महामारीका कारण तथस्ट मैदानका रुपमा कतारको जुवेर अलअहमद अन्तर्राष्ट्रिय रंगशालामा खेलाइएको होम खेलमा नेपाल पहिलो हाफ पेनाल्टीमा गोल खाँदै १-० ले पछि थियो । २२ औं मिनेटमा रोहित चन्दले मोउसा मोहम्मद सुलेमनलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा जोर्डनका बाहा फैजालले गोल गरे । दोस्रो हाफको सुरुमै फैजालले नै गोल गरी अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा याजान अलनैमातको क्रसमा याजान अल अरवले शानदार हेडर गोल गरे ।

फिफा वरियतामा आफूभन्दा ७६ स्थान माथि रहेको जोर्डनको पोष्टमा नेपालले एउटै शशक्त आक्रमण गर्न सकेन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पेनाल्टी नभएको भए खेलको नतिजा अर्कै हुनसक्ने अनुमान गरे । तर उनले आफ्नो योजनाअनुसार नै खेलेकोमा टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताए ।

नेपालले अघिल्लो खेलमा चार दिनअघि चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो । समूहचरणको अन्तिम खेलमा नेपालले जोर्डनले नेपाललाई ३-० ले हरायो सबैभन्दा बलियो प्रतिस्पर्धी अस्ट्रेलियासँग खेल्नेछ ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार