बालसुधार गृह राखिएका २५ बालकमा कोरोना

  • प्रकाशित मितिः जेठ 24, 2078
  • 167 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । विराटनगर स्थित बालसुधार गृह राखिएकामध्ये २५ बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कानूनी द्वन्द्वमा मुछिएका १९३ जना बालकलाई अहिले सुधार गृहमा राखिएको छ। गृहमा रहेकामध्ये ५२ जनाको परीक्षण गर्दा २५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ५० जना क्षमताको गृहमा झन्डै चार गुणा बढी बालकलाई राखिँदा कोरोना फैलिएको अनुमान गरिएको छ।

गृहमा पहिलोपटक गत जेठ २ गते एक बालकमा कोरोना देखिएको थियो। त्यसपछि अरु दुई जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४९ जनाको पछिल्लोपटक जेठ १३ गते परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए। उनका अनुसार सुरुमा कोरोना पुष्टि भएका तीन बालकहरु भने निको भएर फर्किसकेका छन्।

संक्रमण पुष्टि भएका बालकलाई चिकित्सकको निगरानीमा विराटनगर महानगरपालिकाले आरआरएन भवन र वैजनाथपुर स्वास्थ्य चौकीमा बनाएको आइसोलेसनमा राखिएको चौहानले बताए। सबैको अवस्थामा सामान्य रहेको बताइएको छ । जेठ १३ पछि गृहमा कोरोना परीक्षण गरिएको छैन । चौहानले अरु बालकको परीक्षणको तयारी भइरहेको बताए।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार