विश्वकप छनोट: आज नेपाल र जोर्डन प्रतिस्पर्धामा हुदै

  • प्रकाशित मितिः जेठ 24, 2078
  • 209 पटक पढिएको
  • औजार संवाददाता

विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र जोर्डन प्रतिस्पर्धामा हुदैछ । कुवेतमा हुने खेल नेपाली समयानुसार राति पौने १० बजे देखि सुरु हुनेछ । सन् २०२२ को विश्वकप फुटबल र सन् २०२३ को एसिया कप दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र जोर्डन भिड्न लागेका हुन् ।

नेपाल र जोर्डन यसअघि तीनपटक आमने-सामने भएका थिए । त्यसमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक सन् २०१९ मा नेपाल जोर्डनसित ३-० ले पराजित भएको थियो । फिफा वरीयतामा हाल जोर्डन ९५ औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ ।

कुवेतमा यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो ।

 


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार