सडक मानवलाई खाना खुवाउदै धरान मानव कल्याण समाज सेवा

  • प्रकाशित मितिः जेठ 23, 2078
  • 366 पटक पढिएको
  • औजार संवाददाता

कोरोना भाइरसको संक्रमण नेपालमा आजसम्म पनि नियन्त्रणमा आएको छैन । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न घोषणा गरिएको लकडाउन अहिले पनि कायमै छ । लकडाउन घोषणा भएसँगै सडक मानवहरुलाई खानको समस्या भयो । दिनभरी बजार बजार घुम्दै मागेर खानेहरु लकडाउनका कारण खाना नपाउने स्थिति बन्यो । सडक मानवहरुले खान नपाउने स्थिति भएपछि धरान मानव कल्याण समाज सेवाले सडक बालबालिका तथा सडकमा आश्रीतहरुलाई निःशुल्क रुपमा विहान बेलुकी खाना खुवाउदै आइ रहेको छ । यसै सन्दर्भमा औजार न्युज डटकममा संवदाताका सन्देश तिमल्सिनाले समाज सेवाका अध्यक्ष अरमान अली सँग गरेको कुरा कानीको अंश ।

१. यसरी खाना खुवाउनु भएको कति दिन भयो ?
  आज २१ औं दिन भइसकेको छ । हामिले यो काम जेठ २ गते बाट शुरु गरेका थियौं । बिहान र बेलुकी गरि हामिले २ समय खाना खुवाउदै आईरहेका छौ ।

२. दैनिक कति जनासम्मलाई खाना खुवाउनु हुन्छ ?
  शुरुआतका दिनमा १५÷२० जना हुन्थे तर अहिलो ५०÷६० जनासम्म जम्मा हुन्छन् खाना खानकोलागी ।

३. तपाईहरु यो समुहमा कति जना हुनुहुन्छ ?
  हामि यहीँ मानव कल्याण समाज सेवाको समुहबाट काम गर्दै आई रहेका छौ । अहिले हाम्रो २० जनाको समुह छ ।

४. यो काम गरेपछि अरुको के कस्तो प्रतिक्रिया पाइ रहनु भएको छ ?
  अहिलेसम्म सबैले साथ र सहयोग गरि रहनु भएको छ । यति को काम गरि रहदा सहयोगी दाताहरु पनि जुट्दै आउनुभएको छ । काम गरि रहदा मलाई खुसि लागि रहेको छ । लकडाउनको समयमा खाना खुवाउन पाउदा आफ्नो ज्यान जोखिम राखेर समाज सेवा काम गरि रहदा राम्रो अवसर पाए कि जस्तो लागि रहेको छ । संघ–संस्थाहरुले पनि सहयोग गरिरहनुभएको छ ।

५. तपाईंहरूलाई कुन–कुन संघ संस्थाले सहयोग गर्नु भयो ?
  हामिलाई संघ–संस्थाहरु भनेको होप धरान, कहिले कहि खाना , खाद्यान्न सहयोग गरिदिनु हुन्छ । लायान्स क्लब, क्लालिबर र अरु अरुबाट पनि सहयोग जुट्दै आई रहेको छ ।

६. मानव कल्याण समाज सेवाको अरु के के योजना छ ?
  हामिले खाना खुवाउनुका साथै राहत पनि वितरण गर्ने गरेका छौ ।

७. कस्तो कस्तो व्यक्तिलाइ राहत दिनु भयो ?
  जो चै दुखि छ, दुई छाक खान पनि एकदमै गारो भएको छ, खानाको धेरै समस्या छ र अहिले कामका कारण केहि गर्न पाउनु भएको छौ र एकदमै खाद्यान्न अभाव छ भने हामि त्यस व्यक्तिलाइ राहत दिने गरेका छौ ।

७. यो काम गरि रहदा कत्तिको सन्तुष्ट हुनुन्छ ?
  मलाई एक दमै खुसि लागि रहेको छ। यत्तिको समयमा ६० जनाको सङ्ख्यामा खाना खुवाउन सक्नु पनि चानचुने कुरा होइन । सन्तुष्ट नै छु । अरुबाट साथ र सहयोग पाइ रहदा झनै सन्तुष्ट नै छु ।

८.अन्त्य मा के भन्न चाहनु हुन्छ ?
  अन्त्यमा यसै समाचार पढ्नु हुने पाठक महानुभावलाई धन्यवाद दिन चाहन्छु । र जति पनि हामिलाई साथ सहयोग गर्दै आई रहनु भएको उहाँहरुलाइ पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार