एनआरएनए कतारको सदस्यता वितरणमा शंका, पूर्व अध्यक्षहरूद्वारा तत्काल स्थगन गरी छानविन गर्न माग

  • प्रकाशित मितिः जेठ 18, 2078
  • 1285 पटक पढिएको
  • औजार संवाददाता

धरान । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार राष्ट्रिय समन्वय परिषद्ले जथाभावी सदस्यता वितरण गरेको भन्दै पूर्व अध्यक्षहरुले विमती जनाउनुभएको छ ।
आज मंगलबार परिषद्का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई ध्यानाकर्षण पत्र बुझाउदै सदस्यता वितरणलाई पारदर्शी बनाउन अनुरोध गरिएको छ । पूर्व अध्यक्षहरु कमलमणी गुरागाई, नरेन्द्र भाट, विनेश तामाङ र नविन पोखरेलले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउदै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको २०२१–२३ कार्यकालको लागि पंजिकृत सदस्यता वितरण कार्य अन्तिम चरणमा रहेकोले तत्काल स्थगन गरेर छानविन गर्न माग गरेका छन् ।
एनसीसी कतारले २०१५–१७ कार्यकालमा आफ्नै अनलाईन सिस्टम मार्फत र २०१७–१९, २०१९–२१ मा आइसीसीको एमआइएस सिस्टममार्फत सदस्यता आवेदन लिएको र अत्यन्त पारदर्शि तरिकाले, मौजुदा, पुर्व पदाधिकारीहरु तथा अग्रजहरुको पर्यवेक्षणमा सम्पन्न गर्ने परम्परा भएको ध्यानकर्षण पत्र मार्फत् स्मरण गराउनुभएको छ । तर यस पटकको नेतृत्वले एनसीसीकै पदाधिकारीहरुलाई समेत सहभागी नगराई सदस्यता वितरण गरेको, आइसीसीको एमआईएस सिस्टममा अघिल्लो पटक नै दर्ता भइसकेका सदस्यहरुलाई नविकरण गर्न सक्ने व्यवस्थालाई कार्यान्वयन नगरी सबै आवेदन नयाँ लिने शंकास्पद कार्य गरिएको भन्दै आपत्ति जनाइएको छ । त्यस्तै गरी १४ हजार ४ सय ५० आवेदन परेको भए पनि १३ हजार ९ सय २० जनाको मात्रै नामावली प्रकाशित गरिएको तर क–कसको के कारण रद्द भएको भन्ने कुरा सार्वजनिक नगरिएको, फर्म स्विकृत भएका कतिपय सदस्यहरुको नामावली प्रकाशित नभएको, २ ब र्ष पहिला नै नेपाल गएका व्यक्तिहरु समेत सदस्य बनाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । परिषदका पूर्व अध्यक्ष कमलमणी गुरागाईले एनसीसीको राष्ट्रिय अधिवेशनमा अहिलेका वहालवाला अध्यक्ष र महासचिव दुवैजनाले उम्मेद्धारी दिने भन्ने आशय सार्वजनिक गरिसक्नु भएको अवस्थामा उहा“हरुले मात्र सम्पूर्ण विवरण नियन्त्रण गरि वितरण गरेको सदस्यतामा प्रशस्त प्रश्न र आशंकाहरु उब्जिएको बताउनुभयो ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार