बीपीको कोभिड अस्पतालमा बेडबाट लडेर घाइते महिलाको मृत्यु, लापारबाहीकाे कारण मृत्यु भएकाे आरोप (भिडियाे सहित)

  • प्रकाशित मितिः जेठ 18, 2078
  • 257 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित कोभिड अस्पतालमा लापार्बाही बढ्दै गएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् । कहिले नर्मल छ भन्ने ? कहिले अक्सिजनको अभाव, देखाउने, उपचारमा चरम लापरबाही, बिरामी प्रतिको बेवास्था बढ्दै गएकोमा  बिरामीका आफन्तजनले गुनासाे पाेखेका छन् । हिजो राती सामान्य अवस्थामा भर्ना भएकी सिरहा, गोलबजारकी ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर गम्भीर घाइते भएको जानकारी परिवारलाई गराएका थिए ।

प्रतिष्ठानभित्र सञ्चालित लेवल थ्रि को कोभिड अस्पतालमा विरामीको व्यवस्थापन राम्राे नभएकै कारण दैनिक यस्ताे घट्ना बढ्दै गएको उनिहरुको आरोप छ ।

राती करिब साँढे ७ बजेतिर अस्पतालले उनको बेडबाटै लडेर मृत्यु भएको उनका आफन्तहरुले बताएका छन । अस्पतालकै चरम लापरवाहीले मृत्यु भएकाे आफन्तहरुको भनाइ छ ।

उनका ज्वाई नारायण श्रेष्ठका अनुसार कर्मचारीले बेडबाट लडेर नाक र निधार फुटेको जानकारी दिएका थिए । नर्मल विरामीको एक्कासी मृत्यु हुनुले पनि विरामीको उपचारमा लापरवाही हुने गरेको प्रष्ट भएको उनको भनाइ छ । प्रतिष्ठानले खासै ध्यान नदिएको प्रष्ट हुने बताए ।

उपचारमा लापरबाही बढ्दै गए पछि बिरामीका आफन्तले अस्पताल भित्रको सिसि क्यामेरा फुटेज हेर्न माग गरेका छन् । पीडित पक्षसङ प्रतिष्ठानले छलफल गरेको छ ।

घटनाप्रति प्रतिष्ठानले सिसि क्यामेराको फुटेज हेरेर अवस्था बुझेर छानबिन समिती बनाउने जनाएको छ ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार