सुनसरीका सञ्चारकर्मीलाई कतारबाट सहयोग

  • प्रकाशित मितिः जेठ 17, 2078
  • 375 पटक पढिएको
  • औजार संवाददाता

धरान । सुनसरीमा क्रियाशिल पत्रकारकालागी कतारबाट अक्सीमिटर सहयोग प्राप्त भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको पहलमा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, सचिवालय सदस्य खेमराज सुवेदी, राष्ट्रिय कमिटी सदस्य दिनेश खत्रीले प्रेस चौतारी सुनसरीलाई २० थान अक्सीमिटर प्रदान गर्नुभएको हो ।
कोरोना संक्रमित विरामीको अक्सिजन लेभल बारमबार नाप्नुपर्ने र अक्सिजन कम भएमा तत्कालै अस्पताल पु¥याउनुपर्ने भएकोले संक्रमितलाई अक्सीमिटरको एकदमै आवश्यक पर्ने भएकोले सहयोग गरिएको प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानाक पोखरेलले जानकारी दिनुभएको छ । उहाँले थप आवश्यक परेमा अक्सीमिटर पुनः उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
कतारबाट प्राप्त भएको अक्सीमिटर सुनसरीमा संक्रमित भएका पत्रकारलाई वितरण गरिरहेको चौतारीका उपाध्यक्ष लिलाराज भट्टराईले बताउनुभएको छ । प्रेस चौतारीले सुनसरीमा रहेका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षाकालागी आवश्यक पर्ने सामाग्रीहरु, मास्क, सेनिटाइजर समेत वितरण गरिसकेको छ ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार