स्वास्थ्य समस्या भएर अस्पताल जान डर लागिरहेको छ ? अब फोनबाटै लिनुहोस् स्वास्थ्य परामर्श (मोबाइल नं. सहित)

  • प्रकाशित मितिः जेठ 4, 2078
  • 266 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाल स्काउट एक नं. प्रदेश तदर्थ समितिको अगुवाईमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल्पलाइन सञ्चालनमा आएको छ ।
स्वास्थ्यमा कुनै समस्या आएमा उक्त हेल्पलाइनमा फोन गरेर आफ्नो समस्या बारे परामर्श लिन सकिने स्काउटका एक नं. प्रदेश संयोजक रवि खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार कोरोनाको संक्रमण बढीरहेको बेला अस्पताल जान झनै जोखिम हुने भएकोले आफ्नो स्वास्थ्य समस्या फोनबाटै विशेषज्ञहरुसँग राखेपछि अस्पताल नै जानुपर्ने हो या औषधी खानुपर्ने हो भनेर परामर्श लिन सकिने छ ।
विभिन्न अस्पतालनमा कार्यरत विशेषज्ञ चिकित्सकहरु उक्त हटलाइन सेवामा जोडिनु भएको छ । हुन सक्ने डरका कारण अस्पताल जान नएक नं. प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले ‘डाक्टर अन कल’ नाम दिइएको हेल्पलाइन सेवामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु तथा किड्नी रोग विशेषज्ञ प्रा.डा. सञ्जिवकुमार शर्मादेखि डाइटिसियन अदितश्री अधिकारी गरी २३ जना विशेषज्ञ चिकित्सहरुको परामर्श लिन पाइने छ ।
लकडाउनका समयमा सर्वसाधारणहरु घरैमा बसेर स्वास्थ्य परामर्श सेवा लिनन पाउन भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको स्काउट प्रदेश समितिका संयोजक रवि खनाले बताउनुभयो । स्काउटले सार्वजनिक गरेको पोष्टरमा सबै विशेषज्ञहरुको मोबाइल नम्बर समेत सार्वजनिक गरिएको छ ।
संयोजक खनालका अनुसार कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलाई मात्र नभै अन्य स्वास्थ्य समस्या भएकाहरुलाई पनि यो सेवा दिइनेछ । ‘घरमा बस्दा पनि आफ्नो स्वास्थ्य अवस्था बुझन पाउने गरि व्यवस्था मिलाएका हौं, यो सेवा आजदेखि शुरु भइसकेको छ,’खनालले भने,‘डाक्टरहरुको नाम, उहाँहरुको विभाग र नम्बर पनि सार्वजनिक गरिएको छ । ह्वाट्सपबाट सम्पर्क गरेर भिडियो कलमार्फत पनि आफ्नो समस्या भन्ने, उचित परामर्श गर्ने सुविधा हुन्छ ।’

186528866_1060414517700089_2641470678599240000_n


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार