सुनसरीमा २३६ जना सहित प्रदेश १ मा आज १ हजार १४० कोरोना संक्रमित थपिए

  • प्रकाशित मितिः जेठ 3, 2078
  • 356 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३, कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवामाई र कानेपोखरीमा १–१, झापाको भद्रपुरमा ८४, विर्तामोडमा ३९, अर्जुनधारामा २५, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४–४, कमल गाउँपालिकामा ३, हल्दिबारी र बा¥हदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५, सुनसरीको इटहरीमा ८२, धरानमा ७२, बराहक्षेत्रमा ४३, इनरुवामा ९, देवानगञ्जमा ७, कोशी गाउँपालिकामा ४, गढी र बर्जुमा ३–३, भोक्राहानरसिंह, रामधुनी र दुहवीमा २–२, हरिनगरमा १, स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २०, चौवीसेमा १४, साँघुरीगढीमा १३, महालक्ष्मीमा १०, पाख्रिवासमा ४, छथरमा १, संखुवासभाको चैनपुरमा २६, मकालुमा १५ र खाँदबारीमा १, इलामको चुलाचुलीमा १४, इलाम नगरपालिकामा ९, सुर्योदयमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २०, ताप्लेजुङको फुङलिङमा १६, मैवाखोलामा २, श्रीजंगामा १, ते¥हथुमको मेन्छयायममा ९, म्याङलुङमा ३, फेदापमा १, उदयपुरको त्रियुगामा ५, स्थानीय तह नखुलेका १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४५ हजार ३६४ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ६० संक्रमणमुक्त भएका छन् । आज १७६ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १३ हजार ६३८ पुगेको छ । प्रदेश १ मा आज २ हजार २७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार