जनता भन्छन “विपतको वेला स्थानीयसरकार घरमै आइपुग्यो, धन्यवाद इटहरी उपमहानगर”

  • प्रकाशित मितिः जेठ 3, 2078
  • 294 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका कार्यालय परिसर छेउको मेचीकाली पोखरीको पूर्व जेष्ट नागरिक चौतारीमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र प्रमुख प्रशाशकीय अधिकतृ सूर्य प्रसाद सुवेदी कोभिड १९ महामारी व्यवस्थापनको तयारीको विषयमा छलफल गरिरहुनभएको थियो ।

वैठक चलिरहदा इटहरी अस्पतालको इमरजेन्सी इन्चार्ज तथा इटहरीको होम आइसोलेशन टिम संयोजक रामकुमार धमला पनि त्यहिँ पुग्नुभयो । प्रमुख चौधरी विपद कोषमा आर्थिक सहयोग जुटाउन धमाधम फोन गरिरहनुभएको थियो ।

त्यसैविच, प्रमुख चौधरीले इटहरीको वडा नं ३ सुनौलो वस्तीमाज्वरोका विरामीहरुको अवस्थाका वारेमा धमला सँग चासो राख्नुभयो । उपप्रमुख गौतमले त्यहि टोलमा उपचारका लागि स्वास्थ्यकर्मीको टोली सहित जान रामजीहरु आउनुभएको वताउनुभयो । टण्टलापुर घाम लागिरहेको वेला उपप्रमुख गौतमको नेतृत्वमा होम आइसोलेशन टिम संयोजक राम धमला,होम आइसोलेशन टिमका हेल्थ असिष्टेण्टद्धय राजेष विमली र विशाल दाहालको टिम सुनौलो वस्ती ब्लक वी पुग्यो । टोलीले त्यहाँका ज्वरो आएका विरामीको वारेमा जानकारी लिएर परीक्षण गर्दै औषधी उपलब्ध गरायो । स्थानीयलाई कोभिड रोग लाग्नै नदिने र लागिहाले के गर्न सकिन्छ भन्ने वारेमा टोलीले जानकारी गरायो ।

कोभिड वाट वच्न र रोगको अवस्थाको वारेमा स्वास्थ्य जानकारी दिइयो । २२ जना विरामी मध्य केहीको इटहरी रंगशालामा पीसीआर परीक्षण गरियो ।

कोभिडको महामारीका वेला वस्तिका धेरैजनालाई ज्वरो आइरहदा के गर्ने कसो गर्ने समस्या भइरहेका वेला उपप्रमुख सहित स्वास्थ्यकर्मीहरु टोलमै पुग्दा स्थानीयवासी खुशि भए ।

उनीहरुले भने “विपतको वेला घरमै स्थानीयसरकार आइपुग्यो,धन्यवाद इटहरी उपमहानगपालिका ।” धेरै जना विरामी भएको वस्तिमा स्वास्थ्यकर्मी सहित जोखिम मोलेरै पुग्नुभएकी उपप्रमुख गौतमले जनताप्रतिको जवाफदेहिताले आफूहरु सूनौलो टोल पुगेको वताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुलाई भोलि हुने नोक्सानी का बारेमा सबै कुरा बुझाएर लिएर गएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “यदि त्यो बस्ती का नगरिक लाई कोरोना नै रहेछ भने हामिपनी जोखिम मै छौ!! जोखिम मोलेर पनि हिम्मत गर्यौ । जनता प्रती को जबाफदेहिता ले तान्यो । ”


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार