दाेस्राे दिन राष्ट्रिय युवा संघ, धरान उप-महानगरद्वारा सुरक्षाकर्मीलाई फेस् सिल्ड, माक्स तथा सेनिटाइजर वितरण

  • प्रकाशित मितिः जेठ 2, 2078
  • 1017 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोना माहामारीका समयमा राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटिले धरानमा बढ्दै गएको कोरोना माहामारीमा कोरोनाको संक्रमणका बाबजुद अग्रभागमा खटिएका सुरक्षाकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री निशुल्क वितरण गरेको छ ।

राष्ट्रिय युवा संघ धरानले खटिएका सुरक्षाकर्मीहरुलाई लक्षित गरि फेस् सिल्ड तथा माक्स र सेनिटाइजर हस्तान्तरण गरेको हो ।

ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल कार्यालय, वडा प्रहरी कार्यालय, र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटी का अध्यक्ष भवानी दाहाल लगायत राष्ट्रिय युवा संघ का जिल्ला कमिटि सदस्य दिल कुमार लामिछाने, क्षेत्र नं. १ का संयोजक आनन्द राई, साथै धरान उपमहानगर कमिटि का सदस्य दिपक लिम्बु सम्मिलित टोलीले सबै प्रहरी कार्यालय काे स्थानमा पुगेर सामग्री वितरण गरेका हुन ।

बढ्दो महामारीमा पनि सुरक्षा साबधानी अपनाउन आवश्यक पर्ने फेस् सिल्ड तथा मास्क, सेनिटाइजर लगायतका सामग्री नहुदा ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल कार्यालय, वडा प्रहरी कार्यालय, र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा जनताको सुरक्षामा खटिन समस्या भएको भन्दै राष्ट्रिय युवा संघ धरान उपमहानगर कमिटी का अध्यक्ष भवानी दाहालले दाेस्राे दिन आईतबार पनि प्रहरीलाई मास्क सेनिटाइजर लगायतका स्स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताएका छन ।

अध्यक्ष दाहालले जनताको सुरक्षामा खटिने अग्रभागमा खटिएका सुरक्षाकर्मीका लागी स्वास्थ्य समग्रीको अभाबमा परेको देखेपछी राष्ट्रीय युवा संघ, नेपालको ३१औं स्थापना दिवसको अवशरको दिन यस अघि शनिबारकाे दिन पनि २० हजार जति पर्ने स्वास्थ्य सामग्री प्रदान चोक चोकमा खटिएका सुरक्षाकर्मीका लागी वितरण गरिसकेको बताए । आज दोस्रो दिन फेरी १२३ थान फेस् सिल्ड, १६०० सय पिस मास्क तथा २० लिटर सेनिटाइजर गरि ३० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको बताए । यसैगरि, वडा प्रहरी कार्यलय धरान र अस्थायी प्रहरी चौकी धरान १५ लाई समेत माक्स तथा सेनिटाइजर वितरण गरिएको छ ।

1g

बितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो महामारीको समयमा यूवाहरुको यो सानो सहयोगले धरनमा सुरक्षाकर्मीहरुलाई केहि राहात हुने बिश्वास लिएको बताएका थिए ।

प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी बल कार्यालय धरानका डिएसपी दिनेश कट्वाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख भुवन बाबु खड्का लगायतले राष्ट्रिय युवा संघको टिमलाइ धन्यवाद दिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जनता प्रहरीले संगै हातेमालो गरेमात्र अहिलेको अवस्थामा कोरोना नियन्त्रण हुन सक्ने बताए ।

1a 1c 1b 1e 1d 1f

 


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार