प्रहरी चौकी अगाडी दुर्घटना, पैदलयात्रीको मृत्यु, अझै पत्ता लागेन मोटरसाइकल चालक (भिडियो सहित)

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 21330 पटक पढिएको
  • औजार संवाददाता

धरान । अस्थायी प्रहरी चौकी बरगाछीको कार्यालय अगाडी मोटरसाइकले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार साँझ ०८ः३० बजेको समयमा दक्षिण तर्फबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिदा धरान–१५ मा बस्ने राजु चाम्लिङ राईको उपचारको क्रममा मृत्यु भएको हो । ज्याला मजदुरी गरेर डेरा तर्फ फर्कदै गर्दा अरुण पेट्रोल पम्प मुनी अस्थायी प्रहरी चौकी बरगाछी अगाडी राईलाई मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरी चाैकी अगाडी नै दुर्घटना हुदाँ पनि प्रहरीले सूइकाेसम्म पाएन । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारकोलागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए पनि उपचार सम्भव नभएपछि थप उपचारकोलागी बिराटनगर लगिएको थियो । उनको शव अहिले विपि प्रतिष्ठान धरानको शवगृहमा राखिएको छ ।
ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म पहिचान हुन सकेको छैन । मोटरसाइकलले ठक्कर दिएको भिडियो सिसि क्यामेरामा कैद भएको छ ।
(हेर्नुहोस् भिडियो)

ठक्कर दिएर भागेका मोटरसाइकल चालकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मोटरसाइकलको खोजी कार्य भइरहेको छ ।
उदयपुर गाइघाट घर भएका उनी ज्याला मजदुरी गर्दै धरान–१५ मा डेरा गरेर बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, एक छोरी र दुई छोरा रहेका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका राईको निधन भएपछि परिवार बिचल्लीमा परेको छ । मृतक राईका मामा विश्व राईका अनुसार ज्याला मजदुरी गरेर छोराछोरी लालान पालन गर्दै आएका घरमूलीको निधन भएकोले परिवारको चुल्हो नबल्ने स्थिति आएको छ । दुर्घटना गराउने मोटरसाइकल चालकको खोजी गरिदिन प्रहरी, प्रशासन तथा स्थानीबासीलाई विश्व राईले अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो –‘परिवार नै बिचल्लीमा परेको छ, सहयोग गर्ने कोही छैन, न्याय दिलाइदिने कोही छैन, सरकारले क्षतिपूर्ती दिलाइदियोस्, न्याय दिलाइदियोस् ।’


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार