गोधुली फुटबलबाट आयोजकलाई ४ लाख मुनाफा

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 344 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका २० वटा वडाबीच प्रत्येक वर्ष हुने गोधुली फुटबल रनिङ कप फुटबल प्रतियोगिताबाट यसवर्ष आयोजक गोधुली क्लबलाई ३ लाख ९० हजार ५ सय ६९ रूपैयाँ मुनाफा भएको छ ।

आयोजक गोधुली क्लबले यसवर्ष गेट टिकटबाट मात्रै ३ लाख ७८ हजार ५ सय ५५ रुपैया आम्दानी गरेको छ । विभिन्न संघ, संस्था लगायत धरान उपमहानगरपालिका, १७ नं. वडा कार्यालय, टुबोर्ग बियर लगायत दाताहरुको सहयोगबाट प्रतियोगिता सम्पन्न हुने गरेको छ ।

यसवर्ष १५ लाख ९८ हजार १९ रुपैया आम्दानी गरेको क्लबले नगद पुरस्कार मात्र २ लाख ५३ हजार १ सय ६६ रुपैया प्रदान गरेको थियो । क्लबले आज मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आय व्यव सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष देशकुमार राईले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा प्रतियोगिता तथा क्लबलाई पारदर्शी गर्नकालागी आय व्यव सार्वजनिक गरिएको जनाइएको छ ।

२०५० सालबाट सुरु भएको प्रतियोगिता द्वन्द कालमा केही वर्ष अवरुद्ध भए पनि पछिल्लो समय निरन्तर रुपमा आयोजना भइरहेको छ । प्रतियोगिताबाट धरानले फुटबलका स्टार खेलाडी जन्माइरहेको छ । धरानमा दर्जनौ खेलाडी विभिन्न क्लबमा आवद्ध भएर ए डिभिजन तथा बि डिभिजन फुटबल खेलीरहेका छन् भने राष्ट्रिय टिममा पनि धरानका खेलाडीले स्थान पाउदै आएका छन् । प्रतियोगिताको २१ औं संस्करण २०७७ फागुन २२ गतेदेखि चैत्र ७ गतेसम्म धरान रंगशालामा सम्पन्न भएको थियो । प्रतियोगिताको उपाधी धरानको १४ नं. वडाले जितेको थियो ।

182716391_808545693411912_7476812560599421827_n

162839262_1557931467729193_7572426735936019422_n 181343243_474926603724856_1331480335665055378_n


स्वास्थ्य समस्या भएर अस्पताल जान डर लागिरहेको छ ? अब फोनबाटै लिनुहोस् स्वास्थ्य परामर्श (मोबाइल नं. सहित)

धरान । नेपाल स्काउट एक नं. प्रदेश तदर्थ समितिको अगुवाईमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल

दाेस्राे दिन राष्ट्रिय युवा संघ, धरान उप-महानगरद्वारा सुरक्षाकर्मीलाई फेस् सिल्ड, माक्स तथा सेनिटाइजर वितरण

धरान । कोरोना माहामारीका समयमा राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटिले धरानमा बढ्दै गएको कोरोना

सभामुख अग्नी सापकाेटाले व्यक्तिकाे नाममा गराएकाे सर्दु जलाधारकाे जग्गा फिर्ता ल्यायाे सरकारले

काठमाडौं । पदीय दुरुपयोग गरी सभामुख अग्नि सापकोटाले आर्थिक लाभ लिएर सुनसरी जिल्लाको धरानस्थित सुर्दु जल