यस्तो छ आजको मौसम: प्रदेश १ मा

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 267 पटक पढिएको
  • औजार संवाददाता

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

महाशाखाका अनुसार देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू-भागहरूमा मेघगर्जनरचट्याङ्ग सहित वर्षा भएको छ।

यस्तो छ आजको मौसम :

दिउँसो : देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

रातीस् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।


स्वास्थ्य समस्या भएर अस्पताल जान डर लागिरहेको छ ? अब फोनबाटै लिनुहोस् स्वास्थ्य परामर्श (मोबाइल नं. सहित)

धरान । नेपाल स्काउट एक नं. प्रदेश तदर्थ समितिको अगुवाईमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल

दाेस्राे दिन राष्ट्रिय युवा संघ, धरान उप-महानगरद्वारा सुरक्षाकर्मीलाई फेस् सिल्ड, माक्स तथा सेनिटाइजर वितरण

धरान । कोरोना माहामारीका समयमा राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटिले धरानमा बढ्दै गएको कोरोना

सभामुख अग्नी सापकाेटाले व्यक्तिकाे नाममा गराएकाे सर्दु जलाधारकाे जग्गा फिर्ता ल्यायाे सरकारले

काठमाडौं । पदीय दुरुपयोग गरी सभामुख अग्नि सापकोटाले आर्थिक लाभ लिएर सुनसरी जिल्लाको धरानस्थित सुर्दु जल