सर्दुमा खानेपानीको मुहान मर्मत कार्य हुँदै, एकहप्ता भित्र सकिने

  • प्रकाशित मितिः बैशाख 21, 2078
  • 372 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानको सर्दु खोलामा खानेपानीको उत्पादन बढाउन मुहानको मर्मत कार्य सुरु भएको छ । खानेपानीको उत्पादन बढाउन तथा वितरणमा सहजीकरण गर्नुका साथै सफा खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी व्यवस्थापन बोर्डले मर्मत कार्य सुरु गरेको हो ।

बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार अहिले ३० प्रतिशत भन्दाबढी काम सम्पन्न भईसकेको छ । एक हप्ताभित्रमा काम सकिने जानकारी उहाँले दिनुभयो । ‘बर्खायाममा सर्दुको पानी फोहोर आउने, पानी पर्न थालेपछि धमिलो आउने, धेरै फोहोर आयो भने फिल्टर प्लान्टहरुले पनि काम नगर्ने,’ पोख्रेलले भन्नुभयो, ‘सर्दुको मुहानमा एकातिरबाट सफा पानी आउँछ, अर्कातिरबाट बर्खायाममा अलि फोहोर पानी आउँछ ।’ सफापानी आउने तिर एक वटा जम्मा गर्ने ट्यांकी निर्माण गरिनेछ । पाईपलाईन ल्याएर ईन्टेकमा झार्नको लागि अहिले काम सुरु गरिसकेको उहाँले बताउनुभयो । सर्दुको मुहान क्षेत्रमा पाईपलाईन सबै पुर्याईसकिएको छ । अहिले तुरुन्तै गरियो भने पनि सर्दुको पानीको मात्रा बढाउन सकिने बताउँदै पोख्रेलले भन्नुभयो, ‘बर्खामा फोहोर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाईन्छ ।’

सर्दुको मुहान क्षेत्रमै बसेर कामदारहरुले अहिले बिहानदेखि नै काम गरिरहेको छ । पाईपलाईनको कामसँगै खोलाको छेउछेउमा ग्याबिनहरु राखेर मेशिनरी वालहरु पनि बनाईने भएको छ । खानेपानीलाई नियन्त्रण गर्नका लागि सर्दु खोलामा संरक्षण कार्य गर्नुपर्ने बोर्डले जनाएको छ । सर्दुमा धेरै बाढी आएको बेलामा खानेपानी फिल्टर गर्न सकिदैन । ७ सय टिएसएस भन्दा बढी फिल्टर गर्न नसकिने बोर्डको भनाई छ ।

आईतबार बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख तिलक राई उक्त क्षेत्रमा स्थलगत अनुगमन गर्न पुग्नुभएको थियो ।

 


स्वास्थ्य समस्या भएर अस्पताल जान डर लागिरहेको छ ? अब फोनबाटै लिनुहोस् स्वास्थ्य परामर्श (मोबाइल नं. सहित)

धरान । नेपाल स्काउट एक नं. प्रदेश तदर्थ समितिको अगुवाईमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल

दाेस्राे दिन राष्ट्रिय युवा संघ, धरान उप-महानगरद्वारा सुरक्षाकर्मीलाई फेस् सिल्ड, माक्स तथा सेनिटाइजर वितरण

धरान । कोरोना माहामारीका समयमा राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटिले धरानमा बढ्दै गएको कोरोना

सभामुख अग्नी सापकाेटाले व्यक्तिकाे नाममा गराएकाे सर्दु जलाधारकाे जग्गा फिर्ता ल्यायाे सरकारले

काठमाडौं । पदीय दुरुपयोग गरी सभामुख अग्नि सापकोटाले आर्थिक लाभ लिएर सुनसरी जिल्लाको धरानस्थित सुर्दु जल