पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

  • प्रकाशित मितिः बैशाख 17, 2078
  • 1024 पटक पढिएको
  • अमन बस्नेत

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षेत्रको सबै भन्दा ठुलो योगदान छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण तमाम पशुपंन्छि पालन गर्नेहरूको मेरुदण्ड नै भाचिएको अवस्था छ । अहिले मात्र नभएर यो क्षेत्रको उन्नती प्रगति भविष्यमा पनि अन्यौल भएको छ ।
देशको कुल जनसंख्याको आधा भन्दा बढि मानिस कृषिमा निर्भर छन् । त्यसमा पनि धेरै प्रतिशत जनसंख्या पशुपंन्क्षि पालन क्षेत्रमा निर्भर छन् । बजारमा हुने मुल्य घटबढ, दुध, मासु, अण्डा, दाना, भ्याक्सिन जस्ता कच्चा पदार्थ, उत्पादित बस्तुको बजारिकरण, भण्डारण, आवस्यक मेसिन औजार, औषधि उपचार, पोषण जस्ता सामाग्रीको चरम अभाव जस्ता अनेकौ समस्याले यो क्षेत्रलाई विषेशत प्रभाव पारेको अवस्था छ ।
पहिलो चरणको कोरोना भाइरसले कृषि अर्थतन्त्रमा अरबौ रकम गुम्यो । त्यसैबेलादेखि कोरोना सम्बन्धि फैलिएको अफवाह, गलत सुचना र संचार जस्ता कुराले गर्दा पनि कृषि क्षेत्रमा नकारात्मक असर पार्यो । सरकारी क्षेत्रबाट भन्दा पनि निजि क्षेत्रबाट कृषिमा लगानी बढी छ । कोरोनाले गर्दा लगानीकर्ता कृषक तथा सरोकारवाला समेत आफ्नो लगानि को सुरक्षा हुने नहुने कुरामा सशंकित छन् ।

संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार लगायत यो क्षेत्र सँग सम्बन्धित सरोकारवाला संघ(संस्थाबाट पनि यो क्षेत्र को बिकास र संरक्षणका निमित्त जति सहकार्य को आवश्यकता थियो त्यति हुन नसक्दा पशुपंन्क्षि क्षेत्र धरासायि बन्दै गएको छ । पहिलो चरणको कोरोना भाइरसको चपेटा खेपेको यो क्षेत्रका लागि पुर्न दोस्रो चरणको कोरोना भाइरसले थप अन्यौल र समस्या सिर्जना गर्दैछ । केन्द्रीय तहबाट जारि हुने सुचनाको प्रसार स्थानीय तहसम्म आउदा कार्यान्वयन हुन नसक्नु तथा संघ प्रदेश र स्थानीय तह बिचको सुचना र निर्णय बाझिनु पनि यसको समस्या नै हो । विषेशतस् यो विषम परिस्थितिमा यश क्षेत्रमा तिनै तहका सरकारले कृषक तथा उपभोक्ता दुवैका लागि बजारिकरण, भण्डारण, मुल्यमा हुने घटबढ, स्वास्थ्य उपचार लगाएत कार्यका निमित्त ठोस निर्णय लिनुपर्नेमा त्यो हुन सकेको छैन ।

यदी सरकारले कृषि क्षेत्रको संरक्षणमा काम नगर्ने हो भने अब फेरी किसानले अरबौ रूपैया नोक्सानी बेहोर्नुपर्ने अवस्था आउछ । जसले गर्दा भोली कृषि क्षेत्र धरासायि हुने र देशमा भोकमारी सिर्जना हुने पक्का छ । कृषि तथा पशुपंन्छि उत्पादनको क्षेत्रमा हाल युवा पुस्ताको बढ्दो लोकप्रियता तथा आधुनिक प्रविधिको प्रयोग जस्ता कुरामा सक्रियता बढ्दो छ । बैदेशिक रोजगारी त्याग गरेर स्वदेश मै आत्मनिर्भर भई स्वरोजगार बन्ने चाहना दिन प्रतिदिन बढि रहेको र त्यसमा पनि कृषि तथा पशुपंन्छि क्षेत्र नै पहिलो रोजाइ बन्ने भएको हुदा यश क्षेत्रमा सबै सरोकारवाला निकाय को गम्भीर रुपमा ध्यान जान जरुरी छ ।

(लेखक अमर सिहं प्राविधिक तथा ब्यवसायिक मावि देवानगंज सुनसरीका सहायक प्रशिक्षक हुनुहुन्छ ।)


स्वास्थ्य समस्या भएर अस्पताल जान डर लागिरहेको छ ? अब फोनबाटै लिनुहोस् स्वास्थ्य परामर्श (मोबाइल नं. सहित)

धरान । नेपाल स्काउट एक नं. प्रदेश तदर्थ समितिको अगुवाईमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल

दाेस्राे दिन राष्ट्रिय युवा संघ, धरान उप-महानगरद्वारा सुरक्षाकर्मीलाई फेस् सिल्ड, माक्स तथा सेनिटाइजर वितरण

धरान । कोरोना माहामारीका समयमा राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटिले धरानमा बढ्दै गएको कोरोना

सभामुख अग्नी सापकाेटाले व्यक्तिकाे नाममा गराएकाे सर्दु जलाधारकाे जग्गा फिर्ता ल्यायाे सरकारले

काठमाडौं । पदीय दुरुपयोग गरी सभामुख अग्नि सापकोटाले आर्थिक लाभ लिएर सुनसरी जिल्लाको धरानस्थित सुर्दु जल