बिराटनगरलाई गिरिजाप्रसाद कोइराला गोल्डकपको उपाधी

  • प्रकाशित मितिः चैत्र 21, 2077
  • 53 पटक पढिएको
  • औजार संवाददाता

सुनसरी । बिराटनगर महानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो । उपाधीसंगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ । बिराटनगरले उपाधी जितेको खुसियालीमा प्रतियोगिताका बिशिष्ट अतिथि समेत रहेका महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरि दिएका छन् ।
विराटनगरको जितमा भुवन बस्नेतले गरेको एकमात्र गोल निर्णयक बन्यो । उनले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतियोगिताको उत्कृट खेलाडी बिराटनगरका असिम राई घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पाए । खेलको म्यान अफ द म्याच दमकका प्रबिण राई घोषित हुदै नगद ३ हजार पाए ।
विराटनगरका सनम राई उत्कृष्ट गोलकिपर, रमेश राजबंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामाङ उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिड फिल्डर भए । उनीहरु सबैले जनही ३–३ हजार सहित ट्रफी पाए ।
बिजेता तथा उपविजेता टिमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, प्रदेश एकका प्रमुख संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वांग, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रिय सदस्य दिपक राई, प्रतियोगिता संयोजक सूर्य राई लगायतले पुरस्कार बितरण गरे ।
इटहरी स्थित क्षेत्रिय रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी थिए । चैत्र १३ गतेदेखी सुरु भएको प्रतियोगिताको काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म