वाणिज्य बैंकले पानवारीमा ल्यायो पिओएस मेसिन, चाडै एटिएम आउने

  • प्रकाशित मितिः चैत्र 21, 2077
  • 650 पटक पढिएको
  • औजार संवाददाता

धरान । देविका स्टोरले धरान–६ पानवारीमा पहिलो पटक पिओएस मेसिन प्रयोगमा ल्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंक पानवारी शाखाले देविका स्टोरलाई पिओएस (बैंकको कार्डबाट पैसा भुक्तानी गर्ने) मेसिन प्रदान गरेको हो । राष्ट्रिय वाणिज्य बैंकले डिजिटल माध्यमबाट आफ्ना ग्राहकहरुलाई सेवा पु¥याउनकालागी पिओएस मेसिन र क्यूआर कोड (मोबाइल एप्लिकेशनबाट सिधै बैंक खातामा पैसा जम्मा गर्ने माध्यम) दिन लागेको बैंकका शाखा प्रमुख शिवशंकर लहुटियाले जानकारी दिनुभयो । उहाँका अनुसार पानवारीमा चाडै नै एटिएम सेवा समेत बिस्तार गरिनेछ । एटिएम सेवा चाडै सुरु हुने भन्दै बैंकले अहिले एटिएम कार्ड वितरण गरिरहेको छ ।
क्युआर कोड र पिओएस मेसिनबाट कारोबार गर्न थालेपछि नगदको आवश्यकता नहुने तथा कारोबार सिधै बैंकबाट हुने भएकोले रेकर्ड राख्न समेत सेवाग्राहीहरुलाई सहज हुने बैंकले जनाएको छ ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म