होराइजन राष्ट्रिय बास्केटबलको उपाधी त्रिभुवन आर्मीलाई

  • प्रकाशित मितिः चैत्र 17, 2077
  • 246 पटक पढिएको
  • औजार संवाददाता

धरान । होराइजन क्लबको आयोजनामा धरानमा भएको पाँचौ राष्ट्रिय होराइजन बास्केटबल कपको उपाधी त्रिभुवन आर्मी क्लब काठमाडौले जितेको छ ।
आज भएको फाइनल खेलमा आर्मीले रुपन्देही बास्केटबल संघलाई ९१–५४ को स्कोरमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसँगै आर्मीले नगद १ लाख १ हजार पुरस्कार जितेको छ । उपविजेता भएको रुपन्देहीले नगद ५१ हजार पुरस्कार जितेको छ । राष्ट्रिय खेलाडीले भरिएको आर्मीले रुपन्देहीलाई प्रत्येक क्वाटरमा पछाडी पा¥यो । पहिलो क्वाटरमा १५–१०, दोस्रो क्वाटरमा २०–१८, तेस्रो २६–११ र अन्तिम क्वाटर ३०–१५ को स्कोर गरी समग्रमा ९१–५४ को स्कोरमा पराजित गर्दै आर्मीले उपाधी जितेको हो । प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको थियो । होराइजन क्लबले यस अघि धरान सहित पूर्वका टिमहरुबीच मात्रै प्रतियोगिता गर्दै आएको थियो । यसपटकदेखि भने बार्षिक रुपमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर तिलक राई, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, बरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

164652514_139988134717565_6881388772353060591_n


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म