धरान । उनको यहि स्पर्स आउने खाले कविताहरु खासगरि समाज, राजनिति, संस्कृति देखी सत्तासँगका असन्तुष्टिहरुलाइ कवितामा उतारेका छन् । मुलतः सामाजीक, सांस्कृतिक मुद्धामा कविता लेखेका राइले केहि फरक खाले आफ्नो क्रान्तिकारी कविता लेखेका छन्।
अनुरोध शिर्षक कवितामा भन्छन्ः
झ्ल्यास्स बत्ति निभ्दा केहि निमेसमै
नदिको दिशा परिवर्तन गर्न उधत्त सिपाइ।
पुत्लामा सापटि सास लिएर अर्धचेत भै बाचेको
दुर्लभ मुखाउटा हरु।
अतिबाद्को हाइवेमा २०० को वेगलिइ
रङ्ग बिरङ कागजको चयातिन माटोमा मिल्न लागेका झन्डाहरु
घिसार्दै जराथ्रुस्त भैइ कुर्लेको छश।
नापछश् के यो लाखे नाच देखएर ??
सबका सब पुजिवाद्को LSD मा झुल्ल रमाएको झुन्डहरु
रजस्वलाको रगत मसिले लेखेको सम्झौतालाइ
देवकोटाले फाकेको चुरोटको फिलटर सुर्को लाएर
मरन्चासे छाति चौडा बनाउने आधुनिक बादरहरु
पोस्टमोडर्ननिर्सट पारिजातहरुको तिग्रा हेरेर शिरिश को फुल जलाउन तम्तयार वर्दि बिना को सिपाही हरु
होशमा आएर त हेर कति मसिनो देखिन्छ त्यो जमात ।
निसन्तान दम्पति को उत्तरधिकारिभै रोल्क्रम खोज्ने शान्तिको दुतहरु
कालो रातमा गर्जन सहितको पानीको सन्त्रासमा भोलि पर्खिरहेका No man's land को नागरिक हरु
आत्माहत्या सङ डराएर जिउँदो रहेको मानब कन्काल
तिमिहरुले भन्दा जिवन भित्तामा टागिएको मोनेट को निर्जीव पेन्टिङ ले चिनाउछ।
हिटलरलाई चाकडि गर्दा सहिद भएको युगपुरुष
जयजयकारको भुमरीमा गन्तव्य बिर्सेका जुलिओ सिजर । काडे तारले भावनाहरु को उचाई नाप्ने मार्गनिर्देशक अनि लाटो हरुको चिहानमा डेरा गरि बस्ने अर्गानिक गुरुदेव । यि सब मेरा मालिक हुन मात्र मेरो चेतनाको एक ४७ को ट्रिगर मैले चलाएको होइन।
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर
धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म
Copyright © 2021 - Aujarnews.com All rights reserved