धरान । धरान १३ स्थित जनजागृती समाले प्रत्येक महाशिवरात्रीका दिन आयोजना गर्ने वडा स्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा धरान १३ कि रिस्ता याख्या प्रथम भएकी छिन् ।
प्रथम हुने याख्याले नगद ,ट्रफी र प्रमाण पत्रद्वारा सम्मान गरिएको छ । यस्तै उक्त प्रतियोगितामा द्वुतिय तृतीय र सान्त्वना क्रमश अंशु लिम्बू ,सुभना राई र प्रनिशा राई भएकी छिन उनीहरुसबैलाई नगद ट्रफी र प्रमाण पत्रद्वारा सम्मान गरिएको छ ।
धरान १३ स्थिति आफ्नै भवनमा सम्पन्न नृत्य प्रतियोगितामा धरान १३ न वडाको प्रायोजन रहेको कार्यक्रममा निर्णायकमा नृत्य निर्देशिका सरस्वती योगि र गरिमा डान्स सेन्टरका निर्देशक मणिकुमार लिम्बू रहेका थिए भने कार्यक्रमको प्रमुख अतिथि धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले रहेका थिए ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिष्णु चौलागाईंले गरेको उक्त कार्यक्रममा १८ जना प्रतियोगीले सहभागी जनाएका थिए भने कार्यक्रमको संचालन समाजका सचिब प्रदिप प्रधानले गरेका थिए ।
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर
धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म
Copyright © 2021 - Aujarnews.com All rights reserved