प्रेस संगठनकाे धरान, इटहरी र बराहक्षेत्र नगर कमिटी बिस्तार

  • प्रकाशित मितिः फाल्गुन 17, 2077
  • 800 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । संगठनकाे जिल्ला भेलाले विभिन्न जिम्मेवारी समेत बाडफाड समेत गरेकाे छ । भेलाले पत्रकारहरूकाे स्तरवृद्धिकालागी तालिम समेत सञ्चालन गर्ने भएकाे छ ।

नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको भेलाले जिल्ला कमिटी सुनसरीमा इटहरीबाट रेवती निरौला, सीमा बस्नेत र मित्र क्षेत्रीलाई मनोनित गरेको छ भने धरानबाट बेदकुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ र विकि श्रेष्ठलाई मनोनित गरेको छ । यस अघि नै शेखर ढकाललाई संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो ।

नगर कमिटि विस्तार
यसै गरी संगठनको जिल्ला भेलाले धरान, इटहरी र बराहक्षेत्र नगर कमिटिको समेत विस्तार गरेको छ । अहिले नगर कमिटिमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोकेको छ । धरान नगर कमिटिको संयोजकमा केदार बस्नेत, सह–संयोजकमा बसन्त वान्तावालाई जिम्मेवारी दिइएको जिल्ला संयोजक शेखर ढकालाले जानकारी दिनुभयो । उहाँका अनुसार धरानको इन्चार्जमा दामोदर गुरागाई र सह–इन्चार्जमा रोशन दाहाल रहेका छन् ।
इटहरी नगर कमिटिको संयोजकमा त्रिलोचन पौडेल र सह–संयोजकमा रेवती निरौलालाई चयन गरेको छ । त्यस्तै इन्चार्जमा शुभद्रा प्याकुरेललाई चयन गरेको छ ।
बराहक्षेत्र नगर कमिटिको संयोजकमा बिमला घिमिरेलाई र सह–संयोजकमा प्रदीप चौधरीलाई जिम्मेवारी प्रादन गरिएको छ । त्यस्तै इन्चार्जमा विजय राई र सह–इन्चार्जमा कृष्ण भट्टराईलाई चयन गरेको छ ।

धरान नगर कमिटि विस्तार
प्रेस संगठन नेपाल धरान नगर कमिटिलाई आज बसेको नगरको बैठकले थप विस्तार गरेको छ ।
कमिटिलाई १९ सदस्यीय बनाइएको छ । कमिटिको सदस्यहरुमा दिपक लिम्बू, मौसमी कार्की, कमान सिंह याम्फु, अनिता क्षेत्री बृद्धशिला मगर, निलेश बिष्ट, अनिस बस्नेत, कमल बिष्ट, लक्ष्मी कार्की, प्रविण राई, स्नेहा श्रेष्ठ, उत्तम श्रेष्ठ र सन्देश तिमल्सिना रहेका छन् ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म