आमजुङ्गीबासी सधै त्रासमा, माफिया खोला बेचेर कराेडपती, स्थानीय रापमा

  • प्रकाशित मितिः फाल्गुन 16, 2077
  • 631 पटक पढिएको
  • औजार संवाददाता

धरान । तीन दशक अघि खदम खोलामा आएको बाढीले मोरङको केराबारी गाउपालिका–८ आमजुङ्गीको आधार भूभागलाई बगरमा परिणत गरिदियो ।
धेरैलाई खदम खोलाले उठीबास लगायो । खाने अन्न उब्जनी गर्ने खेत बाढीले बगर बनाइदिएपछि कतिपय विस्थापित नै हुन पुगे । त्यसबेलादेखिको त्रास आमजुङ्गीबासीमा अहिले पनि कायमै छ ।
आमजुङ्गीका ५ सय भन्दा बढी घर परिवारलाई अहिले आन्दोलित भएका छन् । खदम खोलामा क्रसर उद्योग चलाएर धेरै व्यवसायी करोडपती भएका छन् । खदम खोलाबाट मात्रै राज्यले वर्षेनी करोडौ रुपैया आम्दानी गर्ने गरेको छ । तर स्थानीय क्षेत्रमा राज्यको लगानी शुन्य प्रायः छ । खोलामा एउटा पुल अहिलेसम्म नबन्दा वर्षायाममा केराबारी गाउपालिका सिमाना जोडिएको धरान बजारसँग सम्पर्क विच्छेद हुन्छ । जसले गर्दा केराबारीबासी धरानका अस्पतालमा उपचार गर्न आउन सक्दैनन् भने विद्यार्थीहरु समेत स्कुल कलेज आउन सक्दैनन् ।
खदम खोलामा सञ्चालन भएका क्रसरले खोलामा मापदण्ड मिचेर ढुंगा गिटि उठाएपछि खोला फेरी आमजुङ्गी पस्ने डर स्थानीयलाई भएको छ । क्रसर उद्योगहरुले आमजुङ्गी तर्फ मापदण्ड भन्दा बाहिर आएर १५–२० फुटको गहिराईमा गिट्टी बालुवा निकालेका छन् ।
केराबारी गाउँपालिकाले यसबर्ष मात्रै खदम खोलाको गिट्टी उठाउन २१ करोड ९८ लाख रकममा ठेक्का लगाएको छ । दशौ वर्षदेखि मोरङ जिल्ला विकास समिति र गाउँपालिकाले खोला ठेक्कामा लगाएर करोडौ रकम उठाएको भए पनि खोलाको तटबन्धनकालागी एउटा काम पनि गरेका छैनन् । स्थानीय खड्गमाया खड्का भन्नुहुन्छ –‘हामीले डोकोमा ढुंगा बोकेर लगाएको जालीको अहिले नामो निशान छैन ।’ पैसा आउछ भन्दै क्रसरले खोला बेचेर खाइसक्यो, अब त गाउँ नै बगाउने त्रास भयो ।’
केराबारी–८ आमजुङ्गीमा मात्रै ४ वटा क्रसर उद्योग छन् । तिनीहरुले सरदर दैनिक २ हजार ट्रिपर निर्माण सामाग्री आपूर्ती गरिरहेको स्थानीयको भनाइ छ । क्रसर व्यवसायीले आर्थिक प्रलोभनमा पारेर प्रशासन समेत हातमा लिएर अवैध उत्खनन् गरिरहेको स्थानियले आरोप लगाएका छन् । गाउपालिकाकी उपाध्यक्ष शान्ति लिम्बू भुजेलले पनि व्यवसायीको दबदबाका कारण क्रसर उद्योगको बेथिति रोक्न सक्ने स्थिती नरहेको स्विकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ –‘मैले यस अघि बेथिति रोक्ने प्रयास गर्दा व्यवसायीहरुले मेरो घर घेराउ गरे । उनीहरुले प्रहरी, प्रशासन लगायत सम्पूर्णलाई प्रभावमा पारेर हामीले केही गर्न नसक्ने स्थिति छ ।’
स्थानीयबासी आन्दोलित भएपछि आइतबार गाउँपालिकाको कार्यालय र क्रसर उद्योगमा सामान्य तोडफोड भएको छ । विशेष गरी क्रसर व्यवसायी भिम पौडेल आमजुङ्गीको क्रसर व्यवसायमा पसेपछि बेथिति झागिएको स्थानीय जीतबहादुर बस्नेतले बताउनुभयो । उहाँले क्रसर उद्योगले गरेको उत्खनन्का कारण गाउँ नै जोखिम हुँदा पनि जनप्रतिनिधीले वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
स्थानीयबासीले विहानैदेखि आन्दोलित हुँदै गाउँपालिका अगाडी नाराबाजी गरेपछि गाउँपालिका अध्यक्ष रोहित कार्कीले भोली बैठक बस्ने र स्थानीयको मागलाई सम्बोधन गर्ने भनेपछि आन्दोलन स्थागित भएको छ ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म