धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले एक कार्यक्रमकाबीच म्युजिक भिडियो बिमोचन गर्नुभएको । गीतको मिक्सिङ कुन्दन राईले गर्नुभएको हो भने एरेन्ज मनोज मोतेले गर्नुभएको थियो । गीतमा गायिका रेनु मोक्तानको स्वर रहेको छ । गीतको पाश्र्व गायनमा नविन राई, नगेन्द्र राई, सविना पोखरेल, झरना सुनुवार र डिबि लिम्बू रहेका छन् ।
म्युजिक भिडियोको निर्देशन निर्देशक नगेन्द्र राईले गर्नुभएको हो । गीत नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका निम्ति गरेको महत्वपूर्ण कामको प्रशंसा गर्दै लेखिएको छ । यस अघि सुनुवारले ३ वटा गीतको म्युजिक भिडियो बजारमा ल्याइसक्नुभएको छ ।
केपी ओलीको बिकल्प केही छैनः भण्डारी
नेकपाका केन्द्रीय सदस्य रेवतीरमण भण्डारीले देशको नेतृत्व गर्ने विषयमा केपी ओलीको विकल्पमा अन्य कोही नेताहरु नदेखिएको बताउनु भएको छ । म्युजिक भिडियोको बिमोचन गर्दै भण्डारीले नेकपाका शिर्ष नेताहरु पुष्पकमल दाहाल र माधव नेपालले बाटो बिराएर गलत ठाउमा पुगको टिप्पणी गर्नुभयो ।
म्युजिक भिडियो बिमोचन कार्यक्रममा नेकपाका नेता कार्यकर्तादेखि धरानका कलाकर्मीहरुको उपस्थिती रहेको थियो । सगरमाथा होटल धरान–९ मा भएको कार्यक्रममा होटलको सभाहल खचाखच भरिएको थियो । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, नेतृ कुन्ता शर्मा, नेकपाका केन्द्रीय सदस्य मुरारी सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर
धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म
Copyright © 2021 - Aujarnews.com All rights reserved