धरानमा पल साहको दादागिरी, चलचित्रकर्मी महासंघका अध्यक्षमाथी कुटपिट

  • प्रकाशित मितिः फाल्गुन 14, 2077
  • 8027 पटक पढिएको
  • औजार संवाददाता

धरान । म्युजिक भिडियोको सुटिङकालागी धरान आएका नायक पल साहले धरानमा दादागिरी देखाएका छन् ।
चलचित्रकर्मी महासंघ एक नं. प्रदेश अध्यक्ष अरुण प्रधानलाई पल साहका सहयोगी कृष्णप्रसाद जोशीले कुटपिट गरेका हुन् । म्युजिक भिडियोको सुटिङकालागी आएका पल साहलाई प्रधानले खाना खुवाउन धरान–९ स्थित ज्वाई खाना रेष्टुरेण्टमा पु¥याउनुभएको थियो । प्रधानले पल साह धरान आएका बेला चलचित्र सम्बन्धि एउटा सेमिनार राख्ने योजना बनाएको र त्यस विषयमा कुरा गर्दा पल साहले रुखो जवाफ फर्काएपछि विवाद सुरु भएको थियो ।
प्रधान र साहबीच केही भनाभन भए पनि साम्य भइसकेपछि साहका सहयोगीले धरानका स्थानीय १५÷२० जना केटाहरु बोलाएर विवाद बढाएको आरोप प्रधानले लगाउनु भएको छ । खाना खाइरहेको अवस्थामा पल साहका सहयोगी कृष्णप्रसाद जोशीले मुक्का प्रहार गरेका छन् । खाना खाइरहेको अवस्थामा जोशीले प्रधानमाथी जथाभावी मुक्का प्रहार गरेको भिडियो रेष्टुरेण्टको भिडियो क्यामरामा कैद भएको छ ।
स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानले नायक पल साहले यस्ता सहयोगी लिएर हिड्दा साह आफै अफ्टेरोमा पर्ने भन्दै सचेत हुन अनुरोध गर्नुभएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत परेको छ । पल साहले राष्ट्रिय मिडिया प्रयाेग गरेर उल्टै प्रधानकाे बारेमा भ्रम फैलाइरहेका छन् ।


नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा

समर्थन फिर्ता गरे राजीनामा आइहाल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर

धरान १७ मा नेकपा एमाले पार्टीको कमिटी गठन

धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म