धरान । धरान आदर्श बोडिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा ११ कक्षा साइन्सको ‘सि’ टिम प्रथम भएको छ ।
जसमा सुजल श्रेष्ठ, अभिजान पौडेल र बिमला बस्नेतको टिम रहेको थियो । १२ कक्षा को म्यानेजमेन्ट ‘सि’ टिम दोस्रो भएको थियो । जुन टिममा अर्मान शेख, अनिशा थापा र धिरेन तोलाङ्गी रहेका थिए । त्यस्तै हाजिरी जवाफमा ११ कक्षाको साइन्स ‘ए’ टिम तेस्रो भयो । जहाँ किशोर अधिकारी, विनिता यादव र अनमोल कोइरालाको टिम रहेको थियो ।
विजेता टोलीलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिने स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सप्ताहव्यापी ?पमा भएको कार्यक्रमको पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
त्यस्तै मिनी म्याराथुन, हाइकिङ समेत सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । फागुन १० गते कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिनेछ र फागुन ११ गते विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रममा जित निकाल्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने बताइएको छ ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved