धरान । निलम्बन गरिएका सांसदलाई सहभागी गराएर प्रदेश सभा सञ्चालन गरेपछि नेकपाले आज भएको संसद्को काम कारवाही प्रति पूर्ण रूपमा असहमती रहेको जनाएको छ ।
नेकपाले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएकाे संसदीय काम कारवाही प्रति असहमती रहेकाे जानकारी गराएकाे छ । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीका अनुसार संसदीय दलको विधान बमोिजम निलम्बन गरीएका सांसदहरूलाइ संसदीय गितिविधमा सामेल गराएको भन्दै त्यसप्रति असहमती जनाएको हो । विज्ञप्तिमा भनिएको छ 'निलिम्बत सदस्यहरलाई संसदीय गतिविधिमा सामेल गराउने कायर्ले संसदीय दलको विधानलाई अमान्य गरीएको छ । यस्तो कार्यले गलत परम्परा, नजिर स्थापित हुने र जुनसुकै दल भित्र पनि दलिय नियन्त्रण नरहने अवस्था हुने भयबाट अराजकताको स्थित उत्पन्न हुन सक्छ ।'
यस अघि नै नेकपा संसदीय दलका नेता शेरधन राइले आफ्नै पार्टीका विरूद्ध सांसद्हरू संलग्न भएपछि सांसद् भीम आचार्य सहित १६ जनालाइ तीन महिनाकालागि निलम्बन गर्नुभएको थियो ।
अविस्वासकाे प्रस्ताव पेश भएपछि बैठक स्थगित
सभामुख प्रदीपकुमार भण्डारी निवासबाट कार्यालयतर्फ आउँदै गर्दा मुख्यमन्त्री शेरधन राईलाई निवासमा भेटघाट गर्नुभएको थियो । भेटमा मुख्यमन्त्री राईले बैठक स्थगित गर्न गर्नुभएको थियो।
दिउँसो २ बजे बैठक बस्ने कार्यसूची थियो । तर, तोकिएको अवधिमा ओली समूहका प्रदेशसभा सदस्य नआएपछि सभामुखले बैठक सञ्चालनका लागि प्रचण्ड–माधव समूह र काङ्ग्रेससँग छुट्टाछुट्टै छलफल गरे । पछि ओली समूहसँग पनि छलफल गरे । साढे ३ बजे आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसहित ओली समूहका नेतासँग छलफल गरे ।
ओली पक्षले बैठकले पार्टी विभाजनले आधिकारिता नपाएसम्म अविश्वासको प्रस्तावमा छलफल गर्न नमिल्ने र जबर्जस्ती गरे सहभागी नहुने निर्णय ग¥यो । बैठक ३ बजेर ५५ मिनेटमा बसेको थियो । बैठकमा ओली समूह सहभागी भएन । काङ्ग्रेस र प्रचण्ड–माधव समूह र अन्य साना दल मात्रै सहभागी भए ।
ओली समूहले सहभागिता नजनाएको बैठकको सभामुखले सुरुवात गरेपछि प्रचण्ड– माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेस गर्न अनुमति दिए । आङ्बोले प्रस्ताव गरेपछि सभामुख भण्डारीले फागुन २० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।
नेकपा ओली पक्षीय सांसद विमल कार्कीले दलभित्रको समस्या भएकोले संसदको विजनेश होइन भनेर चिट्ठी पठाएको बताए । तर, उक्त चिट्ठीको जवाफ नदिई र जानकारीसमेत नगराई प्रदेशसभाको बैठक बसाएको बताए । ‘सभामुखलाई चिट्ठी दिएका छौं, यो दलभित्रको आन्तरिक समस्या हो । संसदीय मुल्य, मन्यता, गरिमा र परम्परालाई कायम राख्नुपर्छ,’उनले भने,‘दल राजनीतिकरुपमा फुटे पनि कानुनीरुपमा फुटेको छैन । त्यसैले यो दलभित्रको समस्या हो, सरकारको समस्या हो, संसदको विजनेश होइन भनेर चिट्ठी दर्ता गर्यौं । जवाफ नै नआई र हामीलाई जानकारी नदिई बैठक गर्नुभयो भन्ने सुन्यौं ।’
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved