रित्तो गाग्री सहित नगरसभामा आउन वडाध्यक्षकाे आह्वान

  • प्रकाशित मितिः फाल्गुन 9, 2077
  • 635 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाको नगरसभामा रित्तो गाग्री सहित वडाबासीलाई आउन आह्वान गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष दिलकुमार गिरीले वडामा खानेपानीको चरम अभाव भइरहेको अवस्थामा खानेपानीको समस्या समाधान गर्न मेयर तथा बोर्डका अध्यक्ष तिलक राई तयार नभएकोले मेयर विरुद्ध जनदबाव सिर्जना गर्न रित्तो गाग्री सहित नगर सभामा आउन आह्वान गर्नुभएको छ । नगरसभामा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा खानेपानी समस्याको विषय उठेपछि नगरसभामा प्रस्तुत हुने कुनै एजेण्डामा समेत छलफल नभएको वडाध्यक्ष गिरीले बताउनु भयो ।
बैठक सुरु हुन साथ खानेपानी समस्याको कुरा उठेपछि मेयरले टालटुले जवाफ दिएपछि नेपाली कांग्रेसकै वडाध्यक्षहरु समेत रुष्ट भएका थिए । धरानको खानेपानी संस्थानलाई बोर्डमा मर्ज नगरुन्जेल र खानेपानीको समस्या समाधान नहुन्जेल नगर सभा समेत सुरु हुन नदिने वडाध्यक्षहरुले बताएका छन् ।
सोमबार हुने भनिएको नगरसभामा रित्तो भाडाकुडा सहित वडाबासीलाई सहभागी हुन धरान–१६ का वडाध्यक्ष दिलकुमार गिरीले माइकिङ नै गर्नुभएको छ । उहाँले भन्नुभयो आज बेलुका र भोली बिहान माइकिङ गरेर नगरसभामा जान वडाबासीलाई आह्वान गरेको छु । खानेपानी व्यवस्थापनको काम धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिएर हेर्ने हो भने एक हप्ताभित्र खानेपानी सहज रुपमा वितरण गर्ने अवस्था रहेको उपमेयर मञ्जु भण्डारीले बताउँदै आउनु भएको छ । उहाँका अनुसार धरानमा खानेपानी वितरणका लागी भौतिक निर्माणदेखि प्राविधिक काम समेत सम्पन्न भएको तर मेयरले त्यसलाई अघि नबढाउदा मात्रै समस्या भएको हो ।

खानेपानीको विषय उठेपछि धरानको कार्यपालिका बैठक स्थगित, मेयरको हुति छैन भने म समाधान गर्छुः उपमेयर


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो