खानेपानीको विषय उठेपछि धरानको कार्यपालिका बैठक स्थगित, मेयरको हुति छैन भने म समाधान गर्छुः उपमेयर

  • प्रकाशित मितिः फाल्गुन 9, 2077
  • 2864 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठक सुरु हुने वित्तिकै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भोली हुने नगरसभाको तयारीको लागी बैठक बोलाइएको जानकारी दिनुभएका थियो । मेयर राईले नगरसभा कसरी सफल बनाउने भनेर सुझाव मागेपछि वडाध्यक्षहरुले खानेपानीको विषय उठाएका थिए ।
९ नं. वडाका वडाध्यक्ष रत्न कटवालले गतवर्ष नै खानेपानी समस्या समाधान हुन्छ भन्ने बचन दिएर अझै खानेपानी समस्या उस्तै रहेको भन्दै धरान खानेपानी बोर्डमा खानेपानी संस्थानलाई तत्कालै समायोजन गर्न जोडदार माग गर्नुभएको थियो । कटवालले भन्नुभयो –‘यो विषयलाई नेपाली कांग्रेसका साथीहरुले पनि समर्थन गर्नुभयो ।’ वडाध्यक्षहरुले मेयरले काम गर्न नसकेको भन्दै चर्काे विरोध गरे । आजको कार्यपालिका बैठकमा मेयर एक्लिएका थिए ।
धरानमा खानेपानी आपूर्ती गर्न नसक्ने आशयको सूचना खानेपानी संस्थानले प्रकाशन गरेपछि पनि खानेपानीको विषय चर्काे रुपले कार्यपालिकामा उठेको हो । हुन त मेयर तिलक राईले यस अघिकै नगरसभामा खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने बचन दिएपछि मात्रै नगरसभा सम्पन्न भएको थियो । खानेपानीको समस्या धरानका प्रायः सबै वडामा छ । धरान–१८ का वडाध्यक्ष प्रविण राईले पनि कार्यपालिका बैठकमा मेयर खानेपानीको विषयमा असक्षम भएको बताउनुभएको थियो । बैठकमा बोल्ने सबैले खानेपानीको विषय तत्काल सकिनुपर्ने बताएपछि अन्य विषय प्रवेश नभइ बैठक स्थगित भएको थियो । कार्यपालिका बैठक नै स्थगित भएपछि भोली हुने नगरसभा समेत अनिश्चित भएको छ ।

मेयरको हुती छैन भने म धरानबासीलाई खानेपानी खुवाउछुः उपमेयर
कार्यपालिका बैठकमा नै उपमेयर मञ्जु भण्डारीले खानेपानी समस्या समाधान गर्ने हुती मेयरसँग नभए आफुले धरानबासीलाई पानी सहज ढंगले खुवाउने बताउनुभयो । उहाँले भन्नुभयो –‘मेयरले खानेपानी समस्या समाधान गर्न नसक्ने हो भने लेखेर मलाई दिनुहोस्, म तत्काल खानेपानी समस्याको समाधान गर्छु ।’ अहिले संस्थानलाई खानेपानी बोर्डमा मर्ज गरेर चलाउने हो भने समस्या समाधान हुने उपमेयरको तर्क थियो ।

उहाँले भन्नुभयो –‘खानेपानी समस्याको विषयमा मेयर नै गम्भिर नभएर समस्या भएको हो, न उहाँले सर्वाेच्च अदालत जानुपर्यो, न क्याबिनेट निर्णय गर्न धाउनु पर्यो, न मन्त्रालय धाउनु पर्यो ? समग्र खानेपानीको जिम्मेवारी बोर्डले लिनुपर्छ । मेयरको हुती नहुने, क्षमता नहुने हो भने मलाई लेखेर दिनुपर्यो म एक हप्तामा समस्या समाधान गर्छु ।’ उहाँले आफु कार्यवाहक मेयर हुँदा सबै काम सकिसकेको भएपनि मेयरले चासो नदिएकै कारण समस्या भएको बताउनुभएको थियो ।

रित्तो गाग्री सहित नगरसभामा आउन आह्वान


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो