धरान आदर्शमा गायन र नृत्य प्रतियोगिता

  • प्रकाशित मितिः फाल्गुन 9, 2077
  • 226 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएकाे नृत्य तथा गायन प्रतियाेगिता सम्पन्न भएकाे छ ।
एक सातासम्म चल्ने कार्यक्रममा विभिन्न खेलकुदका गतिविधि भइरहेकाे विद्यालयले जनाएको छ ।

शनिबार सम्पन्न नृत्य प्रतियाेगितामा बिनिता क्रि पहिलाे भइन भने ममता र साथीहरू दाेस्राे र टासी शेर्पा तेस्राे भएका थिए । त्यस्तै शनिबार सम्पन्न गायन प्रतियाेगितामा विवश लामिछाने र अायुष राइ प्रथम भए । त्यस्तै विशाखा विक र अाशिष विक क्रमशः दाेस्राे र तेस्राे भएका थिए ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । त्यस्तै मिनी म्याराथुन समेत सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अाज फागुन ८ गते कक्षा ११ को होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुलाई हाइकिङ लगिने एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले जानकारी दिएका छन् ।
फागुन ९ गते छात्र र छात्राहरुको छुट्टाछुट्टै हाजिरीजवाफ प्रतियोगिता हुनेछ । फागुन १० गते कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिनेछ र फागुन ११ गते विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रममा जित निकाल्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने बताइएको छ ।

d pp ds


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो