धरान । धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
एक सातासम्म चल्ने कार्यक्रममा विभिन्न खेलकुदका गतिविधि हुने विद्यालयले जनाएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । त्यस्तै मिनी म्याराथुन समेत सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण प्रसाई पहिले भएका छन् । त्यस्तै रिति दास दोस्रो भए भने कृति भट्टराई तेस्रो भएकी छन् । त्यस्तै मिनी म्याराथुनको छात्र तर्फ पहिलो रिजन श्रेष्ठ, दोस्रो रोहित राई र तेस्रो कुमार बस्नेत भए । छात्रा तर्फ पहिलो प्रशंसा वन, दोस्रो लिला राई र तेस्रो रोमिहा मल्ल भएका थिए ।
यसैगरी दोस्रो दिन फागुन ७ गते छात्र र छात्राहरुको छुट्टाछुट्टै गायन तथा नृत्य प्रतियोगिता हुनेछ । फागुन ८ गते कक्षा ११ को होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुलाई हाइकिङ लगिने एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले जानकारी दिएका छन् ।
फागुन ९ गते छात्र र छात्राहरुको छुट्टाछुट्टै हाजिरीजवाफ प्रतियोगिता हुनेछ । फागुन १० गते कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिनेछ र फागुन ११ गते विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रममा जित निकाल्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने बताइएको छ ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved