धरान । पानवारीकाे रणदेवी अाधारभूत विद्यालय फेरी फाेडिएकाे छ । स्कुलकाे ढाेका फुटाएर सरस्वती पूजा गरेर सरस्वती माताकाे प्रतिमामा चढाइएकाे रकम चाेरी भएकाे छ ।
पानवारी प्रहरी चाैकीका अनुसार पूजा गर्दा चढाएकाे रकम चाेरी भएकाे छ । यस अघि पनि साेही स्कुलमा चाेरी भएकाे थियाे । पछिल्लाे समय पानवारीमा चाेरी र लुटपाटका घटना बढ्न थालेका छन् । गत मंसिरमा सहकारीकाे १५ लाख चाेरी भयाे भने एक हप्ता अघि तल्लाे बाटाेकाे सेहरा खाेला नजिकै दिउँसै घाटी रेटेर सुनका गहना लुटियाे ।
चाेरीका घटना जति बढे पनि अपराधी पत्ता लाग्न नसकेपछि झन झन बढ्दै गइरहेकाे स्थानीयले दुःखेसाे पाेख्न थालेका छन् । दिउँसै लुटपाट हुँदा पनि प्रहरी प्रशासनले गहिराे अनुसन्धान नगरेकाे र जनप्रतिनीधीले पनि घटनालाइ गम्भिर रूपमा नलिदा अपराधीकाे मनाेबल बढेकाे छ । जनता असुरक्षित महसुस गरिरहेका छन् । राज्यकाे पहिलाे दायित्व नागरिककाे जीउ धनकाे सुरक्षा नै हाे । जनता त्रसित छन् र जनताले प्रश्न गरिरहेका छन् अपराधी किन पक्राउ नगरेको ? पानवारी प्रहरी चौकीमा किन प्रहरीको संख्या नबढाएको ? प्रहरीलाई किन सक्रिय नगराएको ? जनप्रतिनीधीले किन जनताकाे सुरक्षामा चासाे नदिएकाे ? तर उनै जनताले जिताएर पठाएको जनप्रतिनीधि भने जवाफ दिन चाहादैनन् । वडाध्यक्ष भुवनसिं बस्नेत बोल्न चाहानु भएन । उहाँले भन्नुभयो –‘के बोल्ने, कति बोल्ने ? म बोल्दीन ।’ जनताकाे प्रश्नमा उहाँ भन्नुहुन्छ बाेल्नैपर्छ भन्ने कर छ ? उहाँले चोरीका घटनाका सम्बन्धमा केही प्रतिक्रिया दिन मान्नुभएन ।
पानवारीका चाेरीका घटनाहरू
दिउँसै लुटपाट भएपछि पानवारीबासी त्रसित, वडाध्यक्ष बोल्न चाहादैनन्चाडपर्वमा चोरीको घटनामा वृद्धिः दिनदहाडै ढाेका फुटाएर चाेरीधरानको सहकारी फोडेर १५ लाख बढी चोरीपानवारीमा दिनदहाडै ढाेका फुटाएर चाेरी |
सरस्वती स्कुलमा भएकाे चाेरीकाे भिडियाे
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved