सप अर्डर लिएर आए युवा व्यवसायी, अनलाइनबाट अर्डर गरेका सबै सामान डेलिभरी गरिने

  • प्रकाशित मितिः फाल्गुन 4, 2077
  • 486 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका युवाहरु मिलेर ‘सप अर्डर’ नामक अनलाइन सप सञ्चालनमा ल्याएका छन् ।
अनलाइन र फोनको माध्यमबाट अर्डर गर्न सकिने गरी सप अर्डर सञ्चालनमा आएको सञ्चालक सुमन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार धरान भरी सप अर्डरका माध्यमबाट बजारमा पाइने सम्पूर्ण सामानहरु अर्डर गर्न सकिने र डेलिभरी हुनेछ । धरान–१५ स्थित भानुमार्गमा कार्यालय राखेर सप अर्डर आज श्री पञ्चमीको दिनदेखि शुभारम्भ गरिएको हो । लकडाउनका बेलादेखि नै सुरु भएको सप अर्डर आजबाट विधिवत् रुपमा सञ्चालनमा आएको हो । अहिलेसम्म हरियो सागसब्जी, फलफुल र किराना आइटममा निःशुल्क सेवा दिइरहेको जनाएको छ । माघ ४ गतेदेखि विभिन्न रेष्टुरेष्टका फुड आइटम, इलेक्ट्रोनिक्स, फैन्सी वेयर, स्पोर्टस् सामग्री, किरानाका सामान र पुस्तकहरु समेत अनलाइन अर्डरमा होम डेलिभरि सर्भिस दिइने अध्यक्ष सुमन लिम्बुले बताए ।
फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था हुनेछ भने एक सातासम्म सेवा लिने ग्राहकहरुलाई लक्की ड्र कुपन दिएर ३ जना विजेतालाई बिशेष उपहार दिइने पनि अध्यक्ष लिम्बुले बताए । ‘अर्डर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म लिन्छौं, एक घण्टाभित्र सामान डेलिभरि हुन्छ,’उनले भने,‘हामीलाई फोनबाट, फेसबुकबाट, इन्टाग्राम र वेडसाइटमा पनि लगइन गरेर अर्डर टिपाउन सकिन्छ ।’

अनलाइन सपिङलाई विश्वसनिय बनाउन सुझाव
सप अर्डरको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अनलाइन सपिङलाई विश्वसनिय बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले अनलाइन सपिङले ग्राहकहरुलाई अलमल्याइरहेको भन्दै धराने युवाले सुरु गरेको सप अर्डर विश्वसनिय हुनुपर्ने बताउनुभयो ।

ee
मेयर राईले प्रविधिको अहिलेको युगमा बालबालिकाले मोबाइल चलाउने भएकोले अर्डर आउँदा भेरिफाइ गरेर मात्र सामानहरु डेलिभरी गर्न समेत सुझाव दिनुभयो । उहाँले बच्चाले मोबाइलबाट सामान अर्डर गरिदियो भने अभिभावकले भोली पैसा तिर्छन् तिर्दैनन् त्यो तर्फ पनि ध्यान दिन सुझाउनु भयो । उहाँले धरानमा पनि अनलाइन सपिङ सुरु भएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

2e


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो