सर्दु जलाधारमा फोहोरको थुप्रो भएपछि...

  • प्रकाशित मितिः फाल्गुन 3, 2077
  • 400 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेचर प्रोजेक्ट नामक संस्थाले सर्दु जलाधार क्षेत्रमा फालिएको फोहोर उठाएर सफा गरेको छ । संस्थाले ११ दिनमा ४ गाडि फोहोर संकलन गरेको हो ।
सर्दु र खर्दू खोला मिलेर बनेको सर्दु जलाधार क्षेत्रको पानी धरानवासीले खादै आएका छन ।

सुख्खा मौसममा ६० लाख लिटर र वर्षायाममा १ करोड लिटर पानी सदुै जलाधारबाट ल्याएर संस्थानले खुवाउदै आएको छ । तर सो मुहान क्षेत्र भित्र भेडेटार, वीपी पार्क, जस्ता पर्यटकिय क्षेत्र पर्ने भएकोले प्लाष्टिक जन्य फोहोरले मुहान फोहोर भएपछि संस्थाले सफाइ काम गरेको हो । ११ दिनसम्म संस्थाका ५० जना युवाहरुको समुहले सफाइ गरेका हुन् ।

सफाई अभियानका सयोजक ऐलन विष्टले खानेपानीको मुहान सर्दु जलाधारमा अत्यधिक मात्रामा प्लाष्टिकजन्य फोहोर र सिसाहरु फेला परेको बताउनु भयो । उहाँले मुहान सफाइमा ध्यान नदिने हो भने धरानबासीको स्वास्थ्यमा गम्भिर असर पर्ने समेत चिन्ता गर्नुभयो ।

फोहोर जहाको होस जस्ले गरेको होस हामीले सफा गर्नै पर्छ त्यसैले हामी युवाहरुले शुरुमा देशव्यापीरुपमा जनचेतनामुलक साईकल यात्रा गरेका थियौ । त्यस पछि ४५ दिन सम्म पोखराको फेवा तालको सफाई गर्यौ । अहिले धरानको जलाधार र पर्यटकिय क्षेत्रको ४५ दिने सफाई अभियानमा लागेको जानकारी दिए ।

सर्दु जलाधार क्षेत्रको सरक्षण गर्दै आएको वातावरण तथा पर्यटन विकाश केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रको पानी वेच्ने निकायहरुले जलाधार सफाई र सरक्षणमा कुनै चासो नराखेको अवस्थामा स्थानिय युवाहरु जाग्नु सकारात्मक सन्देश भएको वताए । उनले सर्दु जलाधार क्षेत्रले पानी मात्र नभएर धरानको सौन्दर्य वढाउन, सन्तुलित र स्वच्छ वातावरण कायम राख्न ठुलो मदत पुर्याई रहेकोले वीपी पार्क ओशो पार्कलाई सफा राख्न व्यवस्थापन समितिको गठन गर्नु पर्नेमा जोड दिए । सरसफाई कार्यक्रममा अभियन्ता पवन राई ले जलाधार क्षेत्रका मानिसहरुमा जनचेतनाको अभावका कारण शौचालयको ढल, फोहोरमैला खोलामा फालेको देखिनु ,सरसफाई अभियानमा पनि स्थानिय सरोकारवाला निकाय र स्थानियवासीहरुको चासो नदेखिनुले जलाधार क्षेत्र ठुलो सकटमा रहेको आभाष आफुहरुलाई परेको वताए ।

कार्यक्रममा स्थानिय लाली गुरास आमा समुहकी अध्यक्ष पार्वति राई (श्रेष्ठ) ले पनि युवाहरुले देखाएको कामको प्रसंसा गर्दै जलाधार सफाईलाई आमा समुहले निरन्तरता दिने वचन दिएका थिए ।

150213911_256752486072224_7500808154707599964_o 1


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो