धरान । धरान र ज्यालो लोसरको शुभ अवसरमा भारतिय शिङ्सा समुदायले बृहत फुटबल खेल तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ।
मानेभञ्ज्याङ शिङ्सा युथ कलब दार्जीलिङको आयोजनामा पुरुष तथा महिला फुटबल प्रतियोगिता संगै फाइनलमा मौलिक सांस्कृतिक कार्यक्रमको भब्य आयोजना सम्पन्न भएको कुरा युथका अध्यक्ष पेम्बा भोटियाले जानकारी दिएको छ।पुरुष तर्फ १२ टिमले भाग लिएका थिए।फाइनलमा मानेभञ्ज्याङ शिङ्सा युथ क्लब र कालिम्पोङ भोटिया युथ क्लब बीच प्रतिस्पर्धा हुँदा मानेभञ्ज्याङ शिङ्सा युथ क्लब पुरुष तर्फको फुटबल फाइनल बिजेता भएको हो।त्यसैगरी महिला तर्फको प्रतिस्पर्धामा दार्जिलिङ शिङ्सा भोटिया युवा स्पोर्टिङ क्लब सोनादा र घुम शिङ्सा युथ क्लब बिच प्रतिस्पर्धा भएका थिए। प्रतिस्पर्धामा दार्जीलिङ शिङ्सा युथ क्लब सोनादा बिजयी भएका थिए।
सांस्कृतिक प्रदर्शनीको लागि शिङ्सा समुदायकोभञ्ज्याङ्,सुखिया,सोनादा,गैरिगाउबाट आएका थिए।ति स्थानबाट सांस्कृतिक प्रदर्शनी र सहभागी प्रतिस्पर्धा भएका मध्येबाट सोनादाले उत्कृष्ट सांस्कृतिक प्रदर्शनी गरेपछि बिजय घोषित गरिएको कुरा आयोजक पेम्बा भोटियाले जानकारी दिएको छ।
फाइनल खेल तथा सांस्कृतिक प्रदर्सन कार्यक्रम समापनमा प्रमुख अतिथिको रुलमा नास्दोङ भोटिया रहेका थिए।नास्दोङ भोटिया इन्डियन सुपर लिग तथा इन्डियन लिग खेलाडी समेत हुन।बिजेता सबैलाई प्रमुख अतिथी नास्दोङ भोटियाको हातबाट ट्रफी बितरन गरिएका थिए।भारतको पश्चिम बंगालमा शिङ्साबा,वालुङ,योल्मो,डेन्ज्योङ्पा,डुक्पा लगायत भोटिया समुदायको संयुक्त भोटिया बोर्ड गठन गरिएको छ।प्रेसिडेन्ट पेम्बा भोटियाका अनुसार पश्चिम बंगालका सबै भोटिया बोर्डमा आवद्ध भएका समुदाय नै यस कार्यक्रममा सहभागी जनाएको भन्दै यो नै मुख्य उपलब्धि भएकोमा आफू खुशी भएको व्यक्त गरे। पश्चिम बंगाल दार्जिलिङमा मिरिक,मानेभञ्ज्याङ,सुखिया पोखरी,घुम,सोनादा,गैरिगाँ,कालिम्पोङ, लगायतका क्षेत्रमा शिङ्साबा समुदायहरु करिब १५ हजारको जनसंख्यामा रहेका छन।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved