धरान । धरानको ६ नं. वडामा दिन प्रतिदिन अपराधिक कृयाकलाप बढी रहेको छ । ६ नं. वडामा रहेका सबै विद्यालयहरुमा चोरी भइसकेको छ भने पानवारीको मुख्य चोकमा रहेको सहकारी संस्था फोडेर १५ लाख रुपैया चोरी भयो ।
३ दिन अघि दिउँसै घरमा बसिरहेकी वृद्धामाथी आक्रमण गरेर सुनको गहना लुटपाट भएको छ । यी सबै घटनाले पानवारीमा असुरक्षित छ भन्ने सन्देश दिएको छ । तर सुरक्षा निकाय र जनप्रतिनिधी तदारुकताका साथ नलागेको कारणले पनि अपराधी उम्किरहेको स्थानीयको बुझाइ छ । ७५ वर्षिय वृद्धाको घाटी काटेर सुन लुटपाट भएपछि पानवारीबासी त्रसित भएका छन् । प्रहरीले अपराधीको पहिचान भइसकेको बताएको छ तर अझै पक्राउ गर्न भने सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीले अपराधीको पहिचान भएको बताउनुभएको छ । पानवारीमा श्रृङ्खलाबद्ध रुपमा चोरीका घटना हुँदापनि अहिलेसम्म चोरको पहिचान हुन सकेको छैन । अपराधीको पहिचान कहिल्यै नहुने र दिनदहाडै घरमा आक्रमण गरेर गहना लुटीएपछि आफुहरु असुरक्षित भएको स्थानीय निर्मला खड्का बताउनुहुन्छ । गत मंसिरमा पानवारीका मुख्य चोकमा रहेको निशान बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फोडेर करिब १५ लाख चोरी भयो तर अहिलेसम्म अपराधी पक्राउ परेको छैन । सिसि क्यामराले सहकारी फोडेको भिडियो कैद गरेको छ तर पनि अपराधीको पहिचान गर्न सुरक्षा निकायले सकिरहेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका इन्पेक्टर हेमराज ओलीले कतिपय घटनाका संलग्नलाई पक्राउ गरीएको बताउँदै केही केही घटनाका अपराधी पक्राउ गर्न गाह्रो हुने बताउनुहुन्छ । पानवारीमा यस अघि पनि दिउँसै घर फोडेर चोरी गर्ने, स्कुलमा पसेर सामानहरु चोरी गर्ने जस्ता घटना भइहरका छन् तर अहिलेसम्म यस्ता ठूलो चोरीमा संलग्न कोही पक्राउ परेका छैनन् । जसले गर्दा स्थानीय त्रसित छन् । धरान–६ का विनोद विश्वकर्माले अपराधीलाई चाडो पहिचान गरी कारवाही गर्न माग गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो –‘अपराधी कहिले पत्ता लाग्छन् ?’
तर जनताले प्रश्न गरिरहेका छन् अपराधी किन पक्राउ नगरेको ? पानवारी प्रहरी चौकीमा किन प्रहरीको संख्या नबढाएको ? प्रहरीलाई किन सक्रिय नगराएको ? तर उनै जनताले जिताएर पठाएको जनप्रतिनीधि भने जवाफ दिन चाहादैनन् । वडाध्यक्ष भुवनसिं बस्नेत बोल्न चाहानु भएन । उहाँले भन्नुभयो –‘के बोल्ने, कति बोल्ने ? म बोल्दीन ।’ उहाँले चोरीका घटनाका सम्बन्धमा केही प्रतिक्रिया दिन मान्नुभएन ।
धरानको सहकारी फोडेर १५ लाख बढी चोरी
पानवारीमा दिनदहाडै ढाेका फुटाएर चाेरी
सरस्वती स्कुलमा भएकाे चाेरीकाे भिडियाे
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved