प्रणय दिवसकाे शुभकामना !

  • प्रकाशित मितिः फाल्गुन 2, 2077
  • 205 पटक पढिएको
  • औजार संवाददाता

-भुपेन्द्र पराजुली

म अनि म एउटा तिमी राम्रो म, अर्को फुस्रो अनि चाम्रो म।

तिम्रो म र मेरो म लाई घोलेर एउटा घुलित म.म रुपि पदार्थ बनाउला,, जैविक तत्व मात्र लौ नसम्झ रासायनिक अचार मोलेर तिम्रो म र मेरो म लाई मसलारुपि म.म बनाउला।

म.म का ती डल्लाहरु जस्तै तिम्रा मेरा हल्लाहरु सल्ला सुसाए जस्तै सुसाउदै छन अरे है ? यसैगरी हर पल तिम्रो सामीप्यतामा फुसफुसाउन पाउने हो हैन खै?

तिम्रो म सामु मेरो म को जिद्दीपना तिमी बुझिदेउ,, यो मेरो बर्खे झरी झै दर्किरहेको प्रेममा मेरि म.म मज्जाले रुझिदेउ।

तिम्रो म र मेरो म बाट बनेको यो महल महाभुकम्पले पनि त; चर्काउन सकेन। तिमी गयौ जस्तै लागेरै हो। बाटो खोजेको यो पापी भाग्य तिमिलाइ नफर्काउन किन सकेन ।

आज भोलि त सानो सानो यात्रामा तिम्रो साथ पाउँदा तिमिमै हराउछु। ए राम्रो म थाहा छ ? त्यो दुनियाँ हल्लाएको भुकम्प अघि बाटै म तिमिलाइ कत्ति मन पराउछु।

यस्तै हो त प्रेम मेरि म ? तिम्रा ती सम्झनाहरु त जुनि जुनि छुट्दैनन। तर तिम्रो जिबनरुपि यात्रामा कतै मेरो म छुट्ने होकि; भन्दै डराउछु। ए मेरि राम्री म तिम्रो यादले मेरो म को सपनाहरूमा कत्ति कराउछु।

मेरो म को प्रेम तिम्रा लागि चटपटे र पानीपुरीमा घुलित भिनेगार जस्तै प्रिय बनाउनु छ। तिम्रो पानीपुरी प्रेम कति मीठो है ? मेरो म लाई पनि भिनेगाररुपि ब्याक्टेरिया थपेर तिम्रो म सङ रासायनिक प्रतिक्रिया गराउनु छ।

तिम्रो म भुगर्भबिद बनेर सुख्खा चट्टानमा हराउदै गर्दा,, तिम्रो कोमल औलाहरुले खनिज चलाउदै गर्दा , म आउने छु। जीव विशेषज्ञ बन्दै, सुख्खा चट्टानहरु भित्र जैविक जीवन गन्दै, म आउने छु,, मेरि म तिमी म.म खोल बने म तिमि भित्र जडित किमा हु भन्दै।

तिम्रो म र मेरो म कत्ति सुहाउँदो देखिएको । स्वादिलो भएर नै होला है ? तिमी र म जस्तै किमा र मैदा मिसिएर बनेको बस्तुलाइ म.म लेखिएको। जे जस्तो हुँदै गरोस् यो दुनियाँलाई सुनाउनु छ। तिम्रो म र मेरो म लाई मिसाएर जिबन्तरुपी स्वादिलो म.म बनाउनु छ।

#भुपेन_डायरी


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो