साउथ फिल्मका अभिनेता यशको फिल्म ‘केजीएफ-२’ प्रदर्शनको तयारीमा रहेको छ । यस फिल्म जुलाई १६ मा रिलिज हुँदैछ । भारतिय मिडियाका अनुसार ‘केजीएफ-२’ प्रदर्शनको हुने दिन राष्ट्रिय बिदा दिन माग गरिएको छ ।
यस फिल्मका प्रशंसकले रिलिज भएको दिन राष्ट्रिय बिदा दिनुपर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
उक्त दिन विदाको लागि प्रधानमन्त्री मोदीलाई ‘यश फ्यान ग्रुप’ ले ट्विटरमा पत्र लेखेको बताइएको छ । अहिले उक्त पत्र सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
उक्त पत्रमा लेखिएको छ – ‘‘हामी सबैलाई थाहा छ यशको फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ’’। दर्शकहरु फिल्म हेर्न प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं। यो फिल्म हाम्रो भावना हो। भावना बुझ्ने प्रयास गरिदिनुस्।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved