धरानमा विपन्न परिवारलाई रासन कार्ड वितरण, रासन कार्ड पाएपछि धरानबासी दंग

  • प्रकाशित मितिः माघ 17, 2077
  • 1705 पटक पढिएको
  • औजार संवाददाता

धरान उपमहानगरपालिका १६ नं. वडा कार्यालयले वडाका विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरिएको हो ।
रासन कार्ड पाएकाहरुले निःशुल्क रुपमा खाद्यान्न प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार रासन कार्ड वितरण गरिएका ३२ परिवारलाई परिवार संख्या हेरेर खान पुग्ने गरी दिइने व्यवस्था मिलाइएको छ । जस अनुसार २–३ जना सम्म भएका परिवार हुनेहरुलाई मासिक २५ केजी चामल दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइने छ भने एकजना मात्र भएकालाई चामल १५ केजी र दाल, नुन, खानेतेल एक एक÷एक केजीका दरले दिइनेछ ।
त्यस्तै गरी वडाका विपन्न २० परिवारको निःशुल्क स्वास्थ्य बिमा समेत गरिएको छ । २० परिवारका एक सय जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । नेपाल सरकारले लागु गरेको बिमाको रकम वडा कार्यालयले तिरिदिएर बिमा गरिदिएको अध्यक्ष गिरीले बताउनुभयो । उहाँले लक्षित वर्गको कार्यक्रम अन्तर्गत छुट्टिने रकमबाट काम गरेकोले यो काम एक÷दुई बर्ष मात्र नभइ निरन्तर चलिरहने बताउनुभयो ।
रासन कार्ड वितरण गर्दै सभामुख प्रदीपकुमार भण्डारीले धरानमा पहिले कार्यक्रम भएको भन्दै प्रसंसा गर्नुभयो । जनप्रतिनिधीले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न नसकेको भन्ने आलोचना भइरहेका बेला धरानमा यस्तो कार्यक्रम हुँदा खुसी लागेको बताउनुभयो । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले १६ नं. वडाबाट सुरु भएको कार्यक्रम धरानभरी हुनुपर्ने बताउनुभयो । उहाँले जनताले प्रत्यक्ष अनुभूति गर्ने साथै सामाजिक सेवाको कार्य समेत भएकोले १६ नं. वडाका जनप्रतिनिधीलाई बधाई समेत दिनुभएको थियो । रासन कार्ड प्राप्त गर्ने सबै काम गर्न नसक्ने र आम्दानीको कुनै स्रोत नभएकाहरु भएको वडाध्यक्षले प्रष्टीकरण गर्नुभएको थियो । रासन कार्ड पाएपछि सरस्वती थापा, रमेश राई, मदन राई लगायत खुसी हुनुभएको थियो ।

144011350_504551507197303_991299929702948748_n143825367_1543257399201621_2469742708032424142_n


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो