धरान । धरानमा हुने बहुचर्चित फुटबल प्रतियोगिता गोधुली कप यही फागुन २२ गतेदेखि हुने भएको छ ।
गोधुली युवा क्लब धरान–१७ को आयोजनामा प्रत्येक वर्ष हुँदै आएको गोधुली कपको २१ औं संस्करण यही फागुन २२ गतेदेखि धरान–१६ स्थित धरान रंगशालामा हुने तय भएको क्लबका अध्यक्ष देशकुमार राईले जानकारी दिनुभएको छ । गोधुली कप फुटबल प्रतियोगितालाई धरानमा खेलाडी उत्पादन गर्ने उर्बर प्रतियोगिता भनेर पनि चिनिन्छ । राईका अनुसार कोरोना भाइरसको प्रकोपका कारण यसवर्ष गोधुली कप फुटबल प्रतियोगितालाई केही परिस्कृत गरिएको छ । प्रतियोगितामा धरानका २० वटै वडाले सहभागीता जनाउने छन् ।
प्रत्येक संस्करणमा पुरस्कार राशिमा वृद्धि हुदै आएको प्रतियोगिता यसवर्ष गतवर्षकै समान पुरस्कार दिइने उपाध्यक्ष सतिश केसीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद रु १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमलाई ट्रफि सहित नगद रु ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने क्लबले जनाएको छ । त्यस्तै गरी व्यक्तिगत पुरस्कार तर्फ फाइनल खेलको म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फरवार्ड, राईजिङ प्लेयरलाई जनही ट्रफि र नगद ५ हजार ५ सय प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
त्यस्तै गरी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई ७ हजार ५ सय, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र फेयर प्ले टिमलाई ट्रफि प्रदान गरिने छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी ग्रुपको टुबोर्ग बियरले प्रायोजना गरेको छ भने धरान उपमहानगरपालिकाले संयोजना गरेको छ ।
गतवर्ष धरान–१७ ले प्रतियोगिताको उपाधी जितेको थियो भने उपविजेता धरान–१६ भएको थियो ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved