धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ ।
धरानको वठा नं. ८, १६, ११, १४ र १९ नं. वडाको वडा कमिटि गठन भइसकेको नगर संयोजक भवानी दाहालले जानकारी दिनभएको छ । दाहालका अनुसार धरानको वडा नं १६ को युवा भेलाको कमिटीको संयोजकमा अशोक राई र सह संयोजक रोज राई लगायत १ सय ५ सदस्य कमिटी चयन भएको छ ।
त्यस्तै वडा नं. १४ मा अबिसेक तामाङको अध्यक्षतामा बसेको भेलाले संयोजकमा भगवान पौडेल र सह संयोजकमा बिदुर कटेल लगायत ५२ सदस्य कमिटी चयन गरेको छ ।
वडा नं. ११ को संयोजकमा सुदेस लिम्बू र सह संयोजक अमोद राई लगायत ७१ सदस्य कमिटी चयन भएको छ। वडा नं १९ को युवा भेलाले संयोजकमा गौतम लिम्बु र सह संयोजक बिसाल राई चयन भएका छन् भने १ सय ७ सदस्यीय कमिटी चयन भएको छ ।
त्यस्तै गरी वडा नं. ८ को युवा भेलाले संयोजकमा श्री हाङ लिम्बू र सह संयोजक सुमित मगर लगायत ९५ सदस्यीय कमिटी चयन गरेको छ ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved