बिराटनगर । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ ।
उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गर्नु भएको हो ।
प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवन ग्ल्इएक् को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भवन समुद्घटान समारोहलाई सम्बोधन गर्नुहुँदै प्रनामनि कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
साथै सोही कार्यक्रमको अवसरमा प्रमुख अतिथि कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोशल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रम ग्ल्इएक् का प्रतिनिधी, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved