सिक्किमको सीमा क्षेत्रमा: ‘भारत र चीनका सुरक्षाकर्मीबिच झडप’

  • प्रकाशित मितिः माघ 12, 2077
  • 306 पटक पढिएको
  • औजार संवाददाता

लद्दाखपछि भारत र चीनका सैनिकबीच फेरि सिक्किममा झडप भएको भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् ।

तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले स्थिति तनावपूर्ण रहे पनि स्थिर छ । भारतीय वरिष्ठ सैनिक अधिकारीका अनुसार सीमामा मौसम खराब भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयलाई लिएर लद्दाखको मोल्डोमा आइतबार भारतीय र चिनियाँ सैनिक अधिकारीबीच राति अबेरसम्म वार्ता भएको थियो ।

१५ घण्टासम्म चलेको वार्ताका निर्णयहरु अहिल्यै नै सार्वजनिक गरिएको छैन् । तर भारतले सीमामा शान्ति कायम राख्न अपिल गरेको छ । यसअघि लद्दाख क्षेत्रमा दुवै पक्षबीच झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक मारिएका थिए ।

त्यतिबेला चीनतर्फ हताहती भएको बताइए पनि यस विषयमा औपचारिक रुपमा केही जानकारी गराइएको छैन ।

चीन र भारत सैनिकहरुबीच सीमा क्षेत्रमा तनाव कम गर्न लद्दाख वार्ता भइरहेको समयमा पूर्वी क्षेत्रमा झडप भएको समाचार आएको हो । सीमा विवाद उत्कर्षमा पुगेको बेला आइतबार मात्र भारत र चीनका सेनाबीच नवौं चरणको वार्ता भएको थियो । पैदल गस्तीमा रहेको चिनियाँ सैनिकहरुले नियन्त्रण रेखा पार गरेपछि झडप भएको भारतीय पक्षले जनाएको छ । एजेन्सी


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो