झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरोहिरोईन सहित ५ जना पक्राउ

  • प्रकाशित मितिः माघ 12, 2077
  • 248 पटक पढिएको
  • औजार संवाददाता

बिराटनगर । झापाको बिर्तामोड-४ भद्रपुर रोड स्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन ।

भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन ।

उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ गरेको हो ।

यस्तै आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-९ मगर चोक एरियाबाट १२००ग्राम गाँजा सहित बुद्धशान्ती-१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

यसै गरी मोरङ बिराटनगर-१५ स्थित सिमा एरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन । उनलाई आईताबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET-७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो ।

यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

 
 
 


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो