धरानमा खानेपानीको अर्काे ठूलो योजना, सर्भेको काम धमाधम हुँदै

  • प्रकाशित मितिः माघ 9, 2077
  • 2586 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाकामा समाहित भएका साविक पाँचकन्या र विष्णुपादुका क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्न संघिय सरकारको खानेपानी मन्त्रालयले योजना सञ्चालन गर्ने भएको छ । मन्त्रालयले धरानकोलागी एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना स्वीकृत गरेको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनुभएको छ ।

भण्डारी कार्यवाहक मेयर भएका बेला धरानमा एडिबिको योजनाले नसमेटेका क्षेत्रहरुलाई खानेपानी व्यवस्था गर्न गरेको प्रस्ताव अहिले स्विकृत भएको हो । भण्डारीले अहिले पनि करिब १ हप्ता काठमाडौमा नै बसेर योजना स्विकृत गराएर आउनुभएको हो । स्विकृत भएको योजनाबाट अहिले धरानको वडा नं. ४, ५, ६, १३, १४, २० र १७ नं. वडाको पटनाली लगायतका क्षेत्रलाई खानेपानी वितरण गरिने उपप्रमुख भण्डारीले जानकारी दिनुभयो । अहिले विभागको आयोजना प्रमुखसहितको टोली स्थलगत अध्ययनको लागि धरान आएर अध्ययन शुरु गरेको छ ।
भण्डारीका अनुसार आयोजनाको सम्भाव्यता अध्ययनको लागि आयोजना प्रमुख चक्रपाणी आचार्य शर्माको नेतृत्वमा खानेपानी तथा ढल व्यवस्थापन विभागका डिई, इञ्जिनियरलगायतको टोली विहीवारदेखि धरानमा आएर अध्ययन गरिरहेको छ । टोलीले अहिले सेहरा खोलाको मुहान क्षेत्रमा सर्वेको काम गरिरहेको छ । सेहरा खाेलाकाे माङफाङ क्षेत्र र झाेलुङ्गे पुलकाे तल्लाे क्षेत्रबाट धरान ६ पानवारीमा खानेपानी ल्याउन अध्ययन भइरहेकाे छ । एडिविको परियोजना पछि यो सबै भन्दा ठूलो परियोजना हो । सर्वे पछि आयोजना अघि बढ्ने छ ।

khanepani

 


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो