सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: ‘प्रम केपी शर्मा ओली’

  • प्रकाशित मितिः माघ 9, 2077
  • 185 पटक पढिएको
  • औजार संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ ।

बिहिबार प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो । “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ ।

सुशासन र विकासको बाटामा जानु छ ।”अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार स् स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा स् प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो