विजयपुर हस्पिटल विरामीकाे मृत्यु प्रकरण: अप्रेसन गरेकाे भोलीपल्ट ३१ बर्षीया युवतीकाे मृत्यु

  • प्रकाशित मितिः माघ 8, 2077
  • 840 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान १० मा रहेकाे विजयपुर हस्पिटलमा सोमबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन गरिएकी इटहरीकी ३१ बर्षीया दीपा राईकाे भोलीपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । मृतक दीपा राईको पोष्टमार्टम अझै पनि भएको छैन ।

मृतक पक्षका अनुसार हस्पिटलकाे प्रशासनसंग घटनबारे छलफल भइरहेको जनाए। अस्पतालभित्रै दुवै पक्षबीच छलफल भइरहेकाे अवस्थामा अस्पतालकाे मुलगेटमा प्रहरीले कडा सुरक्षा दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार आज मृतकको पोष्टमार्टम गर्ने भनिए पनि मृतक पक्षले नमानेको कारण पोष्टमार्टम नभएको हो । मृतक पक्षका टाेलिहरू हस्पिटलमा प्रशासनसँग कुरा गर्ने भनेर गएका उनले बताए । 

साेहि अस्पतालका डा. गजेन्द्रप्रसाद दासले मृतक राईको अप्रेसन गरेका थिए । अप्रेसन पस्चात शरीरमा निरन्तर रक्तस्राव बढेकाे र अन्तिम समयमै मात्र उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर नगरेकाे कारण राईकाे मृत्यु भएको भन्दै मृतक पक्षले डा. दासविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

140021329_166569361561290_5656013067537727606_n 139543779_158464935828787_4054375619129153796_n 141077567_856254731896117_5088486594049058887_n


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो