‘छुट्टाछुट्टै स्थानमा दुर्घटना परी मोटरसाईकल र ट्याक्टर चालकको मृत्यु’

  • प्रकाशित मितिः माघ 8, 2077
  • 104 पटक पढिएको
  • औजार संवाददाता

बिराटनगर ।  झापा कचनकवल-१ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी-३ स्थितमा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी ईलाम माईजोगमाई-४ हातिटार स्थित भित्री सडक खण्डमा ट्याक्कर दुर्घटना हुदा चालक सोही स्थानका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे प्रदेश न। ३-०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाई रहेका धमलाले ब्रेक लगाउने क्रममा उनि आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका धमलाको विएण्डसि अस्पताल विर्तामोड झापामा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।


औषधि व्यवस्था विभागका अधिकृत घुसको रकमसहित पक्राउ

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्

धरान आदर्शको ५३ औं वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि

प्रतिनिधिसभा बिघटनको निर्णय बदर (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो