संयुक्त राष्ट्र संघ अन्तर्गतको शान्ति मिसन सिरियामा खटिएको नेपाली सेनाले हिमवती क्षेत्रमा समेत गस्ती सुरु गरेको छ। युनाइटेड नेसन डिसइन्गेजमेन्ट अजर्बर फोर्स (युएनडिओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्रीमा गस्ती गर्दै आएको नेपाली सेनाले जानकारी दिएको हो।
यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद छ। उक्त ठाउँमा शान्ति सैनिक तैनाथ रहँदै आएका छन्। संवेदनशील मानिएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धराप छन्। सशस्त्र समूहले पनि उक्त स्थानमा बेलाबेलामा आफ्नो उपस्थिति देखाउँदै आएका छन्। उक्त स्थानमा ६ महिनासम्म हिमपात हुन्छ। उक्त क्षेत्रमा खटिने अधिकांश फौजलाई मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम गरी दक्ष बनाइएको नेपाली सेनाले जनाएको छ।
सन् २०१३ देखि नेपाली शान्ति सैनिक तैनाथ रहेको उक्त ईलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमका सवारी साधन पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिन्छ।
नेपाली शान्ति सैनिकले विश्वका द्वन्द्वग्रस्त राष्ट्रमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारबाहीको परिणाम स्वरुप सिरिया स्थित (युएनडिओएफ) मिशनको फोर्स कमाण्डर नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति भई कामसमेत गरिसकेका थिए। अहिले भने रथी ईश्वर हमाल फोर्स कमान्डरमा कार्यरत छन्।
नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिसनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वको कारण विद्रोहीहरुबाट क्षति भएका शान्ति सैनिकहरुको ब्यारेक संरचनाहरु पुनर्निर्माण स्थानहरुको सुरक्षा नेपाली सेनाको ईन्जिनियर टिम पनि कार्यरत छ।
सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्
धरान । धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा वि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो
Copyright © 2021 - Aujarnews.com All rights reserved