‘प्रदेश नं १ को हिउँदे अधिवेशन तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित’

  • प्रकाशित मितिः माघ 7, 2077
  • 252 पटक पढिएको
  • औजार संवाददाता

धरान । प्रदेश १ को प्रदेशसभा बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गर्नुभएको हो । प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए ।

कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रदेश सभा परिसरमा मर्यादापालकको संख्या समेत बढाइएको थियो । यस्तै सांसदहरु बस्ने कुर्सीसमेत वेल्डिङ गरिएको थियो । यसअघि विभिन्न प्रदेश र प्रतिनिधि सभामा पनि सांसदहरुले कुर्सी उठाएर हानेको घटनाबाट पाठ सिक्दै वेल्डिङ गरिएको प्रदेशसभा सचिवाललयले जानकारी दिएको छ ।


धरान १० मा युवा संघ गठन

धरान । नेकपा निकट युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरना वडा नम्बर १० वडा कमिटी गठन भएको छ । रा

हामी १० लाख सिभिल सेना संगठित गर्छौः–युवा

धरान । धरानमा नेकपा निकट युवाहरुको भातृ संगठन गठनलाई तीव्र पारिएको छ । धरान उपमहानगरको सवै वडाहरुमा राष्

सुनुवारको ‘बढ न केपी बढ न...’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न...’ बोलको गीत